|
Thursday, 10 March 2011 16:31 |
|
प्रेममा पनि महिलालाई हिंसा
- साझना तोलाङ्गे
माया सर्वोपरी व्याप्त कुरा हो । किनकि हरेक प्राणीमा माया गर्ने मुटु छ । एक अर्काको जीवननिर्वाह, समृद्धि, हक अधिकारको लागी जसले जसलाई हिंसा गरेपनि आखिर सबैसँग माया अर्थात प्रेम पनि छ । कसैलाई भोक लागेन भने जसरी डाक्टर कहाँ जचाउनुपर्छ त्यसरी नै कसैलाई प्रेम भएन भने सम्झनुहोस् तपाई पनि रोगी नै हुनुहुन्छ । मायाको अद्भुत शक्तिमा मानिसले सबैकुरा सम्भव देख्छन् । तर मायालाई खेलौना सम्झिनेहरु पनि हुन्छन् । फेशन कन्सियसहरु पनि हुन्छन् । तर म यहाँ कुरा गर्दै छु मायामा पनि महिलालाई कसरी हिंसा गरीन्छ र को को त्यहाँ सहभागी हुन्छन् ।
शुरुमा एउटा कथा ः एकादेशमा अर्पणा र राजु नामका दुइबीच गहिरो प्रेम सम्बन्ध थियो । उनीहरु एउटै कार्यालयमा काम गर्थे । कार्यालयका सबै कर्मचारीलाई उनीहरुको प्रेम सम्बन्ध बारे थाहा थियो र सबैले त्यो सम्बन्धको र्समर्थन गरेका थिए । तर बिस्तारै अर्पणालाई राजु विवाहित हो र उसको एउटा छोरो छ भन्ने थाहा भयो । अर्पणाले यो बारे सबैसँग बुझनि् र राजुसँग विवाद गरीन् - राजुले भन्यो मेरी श्रीमतीले -मिना) मलाई छाडेर विदेश गईन् । त्यसैले म तिमीलाई माया पनि गर्छु र विवाह पनि गर्नेछु, मेरो मायामा शंका नगर । अनेक स्पष्टिकरण सुनेपछि अपर्ण्ाले राजुको कुरामा विश्वास गरीन् र राजुको छोरालाई आफ्नै जसरी हेरचाह पनि गरीन् । तीनवर्षउनीहरु एकअर्काका नजिक भए, कार्यालयमा सँगै मिलेर काम गरे, हरेक क्षणमा साथ सल्लाह र सुझावको लागी योग्य ठाने एक अर्काकालाई । तीन वर्षछि राजुकी श्रीमती मिना विदेशबाट आईन् । यहाँ त्रिपक्षिय वादविवाद शुरु भयो । राजु र अर्पणालाई कार्यालयबाट निकालियो । राजु श्रीमती मिनाको सल्लाहमा विदेश उड्यो । अर्पणाले अर्कै ठाउँमा जागिर खाईन् त्यहाँ राजुकी श्रीमतीले अर्पणाको चरित्रमा खोट लाग्ने कुराहरु जस्तै - यो केटीको मेरो बुढासँग प्रेम सम्बन्ध थियो यो चरित्रहिन केटी हो इत्यादी,) सबैलाई सुनाईन् जसको कारण उनी फेरी जागिरबाट निकालिइन् । यति ठुलो विश्वासघात सम्झेर अर्पणा यतिखेर विक्षिप्त छिन् ।
विश्लेषण ः जसजसलाई यो कथा थाहा भयो उनीहरु यो कथाको चर्चा गर्न सकभर चुकेनन् । खोतलीखोतली भएपनि चर्चाको गहिर्राईमा पुगे । जब हरेक पल्ट चर्चा सुन्छु । तब पुरुष पात्रको होइन महिला पात्रको मात्र चर्चा सुनेकी छु । यस्ती उस्ती इत्यादी । कसैले आर्श्चर्य नै माने - अर्पणा त विवाह भईसकेको राजुसँग प्रेममा थिई रे नि, कस्ती केटी होली विवाहित पुरुषसँग माया प्रेम गर्दै हिँड्ने अरु अविवाहित पुरुष पनि त पाउँथि यस्ता यस्ता कुरा गर्ने फर्ुसृद निकाल्थे सकभर सबैले । किन प्रेम एकपक्षीय हुन्छ र - जसको कारण यहाँ महिलाको मात्र चर्चा गरीन्छ । जो पुरुषको आफ्नो श्रीमती थिईन् गल्ती त उसले पो गरेको छ चर्चा र सजाय तोक्ने दुवै कुरा त उसलाई पो हुनुपर्ने फेरी किन अर्पणालाई पनि कार्यालयबाट निकालियो - राजुलाई मात्र निकाल्नु पर्ने होइन र - राजुलाई पो थाहा थियो उसको विवाह भएको कुरा अर्पणाले कसरी थाहा पाउनु । जो महिलाले आफनो गल्ती गर्ने श्रीमानलाई सजाय दिनुको सट्टा विदेश भगाईन् । उनी पनि पुरुषलाई होइन महिलालाई नै दोषी देख्छिन् । त्यसैले उनी अर्पणाले काम गर्ने अर्को कार्यालयसम्म पुगेर अर्पणाको प्रेमलाई ब्रि्रेको सम्बन्ध भन्न भ्याइन् । तर उनले श्रीमानको केही गल्ती देखिनन् र यो पनि बिर्सिइन् कि एकपटक विश्वासघात गर्ने मिनाको श्रीमान राजुले अर्कोपटक पनि विश्वासघात गर्न सक्छ यानेकि अरुकेटीहरुलाई पनि प्रेमको कुरा गरेर फसाउन सक्छ, फेरी पनि म अविवाहित हुँ भन्न सक्छ र फेरी मिनालाई दुःखी तुल्याउन सक्छ । उखान नै छ नि एक पटकको चोर सँधैको चोर, चोर गर्ने बानी परेकालाई नचोरी चित्तै बुझ्दैन । यसमा राजुको दिनचर्या खेलाडीको रुपमा बितेको छ । उ आरामले कसैलाई फसाउन सक्छ जसलाई पनि छक्याउन सक्छ उसले गल्ती गरेको छ तर उसलाई कसैले पनि केही गरेको छैन, केही भनेको छैन । सबसे बढी चर्चा त पत्रकार बीचमै भएको छ । त्यहाँ राजुको होइन अर्पणाको चर्चा गरीन्छ । किनकि भनाइ नै छ नि महिला अपवित्र हो । उ नराम्ररी हुन सक्छे । उसले गल्ती गरी भने उ जुठी भई । तर पुरुष अपवित्र हो, उ नराम्रो हुन सक्छ, उसले गल्ती गर्यो भने उ जुठो हुन सक्छ यो कहीँ भनिएको पनि छैन लेखिएको पनि छैन त्यसैले उसलाई हर नराम्रो कुराको छुट छ । विश्वका सबै महिलाहरुका पिता लेनिन् - जसले महिला स्वाधिनताको कुरा गरेका छन्, उनका अनुयायी महिलाहरुले समेत अर्पणालाई खोट लगाउन भ्याए । राजु र अर्पणाको कार्यालयमा काम गर्ने सहकर्मीहरुले - जसलाई राजु विवाहित हो भन्ने थाहा थियो र उसले अर्पणालाई फसाउँदैछ भन्ने थाहा थियो ) पहिला उनीहरुको र्समर्थन गरे तर पछि अर्पणालाई यस्ती उस्ती भन्न उनीहरुले पनि फर्ुसद निकाले । अर्पणाले अर्को कार्यालयमा काम गर्दै थिईन् तब मिनाको कुरा सुनेर के सोच्दै उनलाई कार्यालयबाट निकाले यसको विश्लेषण सायद मैले गरिहरनुपर्दैन ।
|
|
|
Thursday, 20 January 2011 07:31 |
|
समय नपुगिकनै झरेको फुल कसलाई पो मनपर्छ र - तर त्यो फुल र्झनमा कसको कति दोष छ हामी कहिल्यै खोजी गर्दैनौ । विचरा त्यो झरको फुललाई वेवास्ता गरेर के हुन्छ र - उ पनि त र्झर्नुपरेकोमा कति दुःखी हुँदो हो । मेरो जिन्दगी पनि कोपिलै हुन नपाई झरेको फुलजस्तै भएको छ । कहिल्यै अमर हुन नसक्ने पे्रम यात्रा भोगेको मेरो जिन्दगीको कथा आज म सुनाउन चाहान्छु तपाईलाई । बीचमै र्झनमा कसको कति दोष थियो - कसले कति सजाय पाउनर्ुपर्ने यो बारेमा तपाईले नै बताइदिनुहोला । यसको फैसला गरिदिनुभए म कति कृतज्ञ हुने थिएँ । महिला हिंसाको अन्त्यको नारा घन्किरहेको बेला म कसरी हिंसामा परे - भावनाको कदर गर्नुपर्ने मुद्दा उठिरहेको बेला कसरी मेरो भावनाको उपेक्षा भयो त्यो सबै बताउन चाहान्छु तपाईलाई । बगरमा फालिएका बालुवाजस्तै अस्तव्यस्त मेरो भावना साट्नु चाहान्छु तपाईसँग । हुन त दुःखको कुरा किन गर्नु - विचरा भन्ने पनि कोही छैन । सुःखको कुराको त झन् के गर्नु - सुख के हो त्यो नै थाहा छैन । तर मनमा भावनाहरुको छालहरु यति धेरै अटसमटस भएका बसेका छन् कि लाग्छ कसैलाई भनिन भने ज्वालामुखी विस्फोट हुँदा निस्कने ज्वारभाटाजस्तै बिस्फोट हुन्छ यो छाती । त्यसैले लाग्छ मर्नुभन्दा अघि यो दुखेको मन तपाईसँग बिसाउँ । मेरो नाम मौसमी तामाङ्ग हो । -नाम परिवर्तन) मेरो जन्म २०४६ सालको कार्तिक महिनामा काभ्रे जिल्लाकै खावा भन्ने ठाउँमा भएको हो । गरीब परिवारमा जन्मेकी म स्कुल जाँदा भोकै हुनुपथ्र्यो । बाबाले, छोरीमान्छेले पढेर के हुन्छ र - भनेर खान समेत दिनुहुँदैनथ्यो । शिक्षा मानिसको जीवनको ज्योति हो भन्ने प्रचार भइरहँदा गाउँमा बस्ने मेरा बाआमालाई शिक्षाको महत्व थाहा थिएन । त्यसैले मैले पढ्न पाइन । -कठै अहिले सम्झँदा लाग्छ उहाँहरुको के दोष थियो र - अशिक्षा र गरीबी त अहिले पनि म जताजतै देख्छु म । त्यसैले मैले पढ्न नपाएकोमा उहाँहरुको कुनै गुनासो छैन । पाखा पखेरामा डोको नाम्लो र पानीपँधेरा गर्दै मेरा दिनहरु बितिरहेका थिए । खुशी थिए म । कुनै गुनासो थिएन । सानो जिवनस्तर, थोरै आकाक्षाँ अनि थोरै रमाहट ।
|
|
Read more...
|
|
Wednesday, 05 January 2011 15:15 |
|
- साझना तोलाङ्गे

साँझको ५ बजेको थियो । म हस्याङ्गफस्याङ्ग गर्दै घरभित्र पसेँ । आमाको आवाज दौडदै मतिर आयो । ' इशारा ' बुबाले तँलाई बैठक कोठामा बोलाउनुभएको छ । म डराउँदै भित्र गएँ । आमा पनि मेरो पछि पछि लाग्नुभयो । मैले बुबाको अतिरञ्जित र भयभित शब्दहरु सुन्न सक्ने आत्मविश्वास बटुल्ने प्रयास गरेँ र बिस्तारै साउती मारेँ बुबाले बोलाउनुभएको हो - मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उहाँले मलाई हपार्नुभयो - यति रातीसम्म कहाँ गएकी थिईस् । भर्खरै त ६ बजेको छ । के रे ६ बजेको छ रे मुखमुखै लाग्छेस् । यो समाजमा कसको छोरीचेलीहरु बिना काममा यतिबेरसम्म बाहिर बसेका छन् हँ - बुबा म बिनाकाममा हैन क्लबको मिटिङ्गमा गएकी थिएँ । भो भो क्लब स्लबको कुरा मसँग नछाँट । कसैलाई नभएको बराल्लिने ठाउँ उहाँले आमातिर हेरेर दाह्रा किट्नुभयो मानौँ म बाहिर निस्कनुमा आमा दोषी हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्न चाहानुहुन्थ्यो उहाँ । अब आइन्दा यसरी हिँडेको थाहा पाएँ भने तेरो खुट्टा भाँचिदिन्छु । किन उभिरहेकी जा गाइवस्तुको हेरचाह गर्नतिर लाग ।
सानैदेखि समाजसेवा गर्ने इच्छामा परिवार बाधक बनेपछि म जागरण रेडियो श्रोताक्लबमा जानै छाडिदिएँ । मेरा साथीहरु रीता , सिता र ललिता भने कम्मर कसेर क्लबको काममा लागिपरेका थिए । म बेलाबेलामा क्लबका बारेमा जानकारी लिन्थेँ । उनीहरु क्लबमार्फ हामीले योे कार्यक्रम गर्यौँ, यहाँ गयाँै त्यहाँ गयौै, उसलाई भेट्याँै, यस्तो योजना बनायाँै भनेर गफिएको सुन्दा म औधी रमाउँथे । तर आफुलाई घरबाट सामाजिक अभियानमा हिँड्न रोक लगाइएको सम्झँदा साह्रै दुखी हुन्थेँ र रुन्थेँ पनि ।
|
|
Read more...
|
|
|
Sunday, 29 August 2010 18:04 |
|
प्रियसीको लागि भनेर रिगीस्तान्म दुख बिसौदै थिया उसैको लागि भनेर यो चोखो कुमर्तावा बचौदै आयको थिया सहि नसकने मर्म मनभित्र लुकौदै हिडेकी थिया समझानाले बेरियाको यो मुहारमा तिमीलाई पौने प्रयत्नमा जुट्दै थिया
मिलन र बिछोड दिन पछिको रात रहेछा हाम्रो मिलानमा बैरीको आखा लाग्न गयाछा
मो दुखिलाई के थाहा यो आनेका दिनमा सुर्य नास्तौदै मो बाट टाडा भयाछा
कसरि भेटौना सकिन्छा मो तिमीलाई जीवनभर साथ दिन्छु भन्थ्यो आफ्नो झुपडी छोडी महलमा रामौनेलाई महल र यश आरामले मोलाई भुलिदिअयो कसरि भेटौना सकिन्छा मो तिमीलाई जीवनभर साथ दिन्छु भन्थ्यो
आफ्नो झुपडी छोडी महलमा रामौनेलाई महल र यश आरामले मोलाई भुलिदिअयो
निर बहादुर लामा (काभ्रे खनालथोक -०९) हाल - दोहा कतार (काभ्रे प्रबासी सेवा समिति संङ्ग आबद्द )
|
|
Friday, 11 June 2010 17:12 |
छलाङ हान्यो उमेर ले बर्ष झर्दै गयो हजुर बाईस बाट तेईस् तिर जिवन सर्दै गयो हजुर
जिन्दगिमा के गर्ने सपना बोकी हिड्दै थिएँ सपनाको संसार यो त्यसै टर्दै गयो हजुर ॥
सुन्दर संसार सजाई दिन्छु भन्दै कोही आउँदे थिए उत्साह र उमंग बसाँई सर्दै गयो हजुर ॥
कोही कोही मेरो बाटो कुरी बस्छु भन्दै थिए झुल्के घाम साँझ पर्दा ओझेल पर्दै गयो हजुर कहाँ होलिन मेरी पि्रया कस्ती भईन् होला अहिले भेट हुने रहर पनि त्यसै मर्दै गयो हजुर ॥

महेश्वोर नेपाल चंदेनी मण्डन -५ जोगीटार . हाल- नबोदित साहित्यिक बाचानालय दोहा कतार Gsm +9743493456
|
|
|
|
|
<< Start < Prev 1 2 Next > End >>
|
|
Page 1 of 2 |