राष्ट्रिय समाचार
वैदेशिक हस्तक्षेपले नेपालको सार्वभौमिकता गुमेको
Friday, 14 June 2013 06:39

काठमाडौं, २४ जेठ । वैदेशिक हस्तक्षेपले नेपालको सार्वभौमिकता गुमेको राजनीतिज्ञ, कानुनविद्, प्राध्यापक, लेखक तथा बुद्धिजीवीहरूले बताउनुभएको छ । शुक्रबार नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिद्वारा राजधानीमा आयोजित ‘वैदेशिक हस्तक्षेप र नेपालको सार्वभौमिकता’ विषयक विचार अन्तरक्रियामा उक्त धारणा व्यक्त गरिएको हो । अन्तरक्रियाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशको सार्वभौमिकता जोगाउन देशभक्त जनताले विभिन्न मोर्चामा लडाइ“ गर्नुबाहेक विकल्प नभएको बताउ“दै त्यो लडाइ“ लामो समयसम्म जान र पुस्तौंपुस्ता लाग्नसक्छ भन्नुभयो । उहा“ले राष्ट्रियता र सार्वभौमिकता फरक फरक भएको स्पष्ट पार्दै सार्वभौमिकताविहीन राज्य स्वतन्त्र र स्वाधीन नहुने प्रस्ट पार्नुभयो । उहा“ले नेपालको सार्वभौमिकता र अस्तित्व समाप्त पार्न चाणक्य नीति लवलम्बन भइरहेको बताउनुभयो । देशको सार्वभौमिकता गुम्दै जानुमा शासक दलका नेताहरूको आत्मसमर्पणवादी प्रवृत्ति र नीति जिम्मेवार भएको बताउ“दै त्यस्ता नेतृत्वको विरोध अरू नेता कार्यकर्ताहरूले गर्नुपर्छ भन्नुभयो । माओवादी भारतीय विस्तारवादको ‘ट्रोजन हर्स’ सावित हु“दै गएको चर्चा गर्दै उहा“ले माओवादी ‘जनयुद्ध’ नेपाली जनताको भरमा नभई भारतीय शासक वर्गको इसारा र आडमा गरिएको हो भन्नुभयो । आन्दोलन जनताको भरमा गर्नुपर्ने र विदेशीको आडभरोसामा होइन भन्नुभयो । नेमकिपाका केन्द्रीय सदस्य एवम् विदेश सम्बन्ध समितिका प्रमुख प्रेम सुवालले धेरै अघिदेखि नेपालको राजनीतिमा साम्राज्यवादी र भारतीय विस्तारवादी हस्तक्षेप भइरहेको स्पष्ट पार्दै पछिल्लो कालखण्डमा नया“दिल्लीमा भएको बा¥हबु“दे समझदारीले नेपालको राजनीतिको बागडोर भारतको हातमा पुगेको बताउनुभयो । नेपालमा के गर्ने र के नगर्ने भन्ने कुरामा भारतको दबाब हुने गरेको शासक दलका शीर्ष नेताहरूले बरोबर चुहाउने गरेको सुनाउ“दै उहा“ले नेपालमा अस्थिरता कायम राख्न र असफल राष्ट्र बनाउन विदेशी हस्तक्षेप भइरहेको स्पष्ट पार्नुभयो । वरिष्ठ पत्रकार भैरव रिसालले नेपालमा भारतले अन्य कुनै देशमा गरेभन्दा भिन्नै नया“ तवरले हस्तक्षेप गरिरहेको छ भन्नुभयो । उहा“ले सार्वभौमिकता जोगाउन ‘नेपाल सानो छ, हामी साना छौं र हामी केही गर्न सक्दैनौं’ भने हिनताबोध र ‘प्रभुवाद’ बाट मुक्त हुन जरूरी रहेको औंल्याउनुभयो । वरिष्ठ अधिवक्ता सिन्धुनाथ प्याकुरेलले जातीय राजनीति नेपालको सार्वभौमिकता कमजोर पार्न युरोपेली सङ्घको योजना भएको बताउ“दै आज दलहरू कुनै सैद्धान्तिक आधारमा नभई जातीय आधारमा फूट भइरहेकोले भोलि देश जातीय रूपमा विखण्डन हुने सम्भावना बढेको छ भन्नुभयो । संवैधानिक कानुनविद् भीमार्जुन आचार्यले देशको सार्वभौमिकता र हितको विषयमा बोल्न र सुन्न हु“दैन भनी देशका ठूला दलका कार्यकर्ताहरूको ब्रेनवास गरिएको छ भन्नुभयो । खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन संविधानसभा निर्वाचनका निम्ति नभई नेपाललाई विलय गर्ने वातावरण निर्माणका निम्ति भएको उहा“को निष्कर्ष थियो । सीमाविद् बुद्धिनारायण श्रेष्ठले वैदेशिक हस्तक्षेप जरासम्म पुगेको र प्रत्यक्ष देखिन थालेको बताउ“दै नेपाली जनताले एकताबद्ध भई सङ्घर्ष गर्नुबाहेक अर्को विकल्प छैन भन्नुभयो । उहा“ले गत दस वर्षमा भारतले थप १८ ठाउ“मा सीमा मिच्दा नेपालको २३ जिल्लाका ७२ ठाउ“मा ६०६ वर्ग किमि भूमि मिचेको तथ्य प्रस्तुत गर्नुभयो । नेपाल वार एसोसियसनका अध्यक्ष एवं अधिवक्ता हरिकृष्ण कार्कीले नेपालको भाग्यको निर्णय गर्ने अधिकार नेपाली जनता र सरकारसित हुनुपर्ने बताउ“दै हाम्रा नेताहरू विदेशी शक्तिसामु  यति सारो झुक्न बाध्य हुनुका कारणहरूको खोजी हुनुपर्छ भन्नुभयो । राजनीतिक विश्लेषक भरत दाहालले चीनलाई घेराबन्दी गरी विखण्डन र समाप्त पार्ने पश्चिमा साम्राज्यवादी योजनाअनुरूप नै नेपालमा विदेशी हस्तक्षेप र नेपालको औपनिवेसीकरण भइरहेको हो भन्नुभयो । उहा“ले शासक दलका नेताहरू साम्राज्यवाद र भारतीय विस्तारवादका दलाल भएको चर्चा गर्दै साम्राज्यवाद र विस्तारवादविरूद्ध बृहत् मोर्चाबन्दी र प्रतिरोध आन्दोलन गर्न जरूरी भइसकेको बताउनुभयो । इतिहासविद् एवम् राजनीतिक विश्लेषक फनिन्द्र नेपालले माटोको विरूद्ध राजनीति गर्ने नेताहरू रहुञ्जेल देशको सार्वभौमिकता कमजोर हुन्छ भन्दै एमाओवादीमा राष्ट्रियताविरूद्धको पतनविरूद्ध देशभक्त कार्यकर्ताहरूले विद्रोह गर्न सक्नुपर्छ भन्नुभयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्ला अध्यक्ष नारायण महर्जन, वैकल्पिक केन्द्रीय सदस्य लीला न्याइच्याई, नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष रवीन्द्र ज्याख्व, सहप्राध्यापक विश्वमोहन जोशी, अधिवक्ता ओमप्रकाश अर्याल, तरूण दलका पुष्प पराजुली, वाईसीएल नेपालका सहसंयोजक राजु खड्कालगायतले आ–आफ्नो विचार राख्नुभएको थियो । नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष उकेश कवांको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सहसचिव शड्ढर भण्डारी र केन्द्रीय सदस्य रेविना डंगोलले पनि बोल्नुभएको थियो ।

 
चीनका राजदूत याङ हौलानलाई बिदा
Monday, 11 March 2013 04:39

भक्तपुर, १० फागुन । आफ्नो कार्यकाल टुङ्ग्याएर स्वदेश फर्कन लाग्नुभएका नेपालका निम्ति जनवादी गणतन्त्र चीनका राजदूत याङ हौलानलाई बिदा गर्न बिहीबार नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध समितिले बिदाइ कार्यक्रम ग¥यो ।

कार्यक्रममा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले २०–२५ वर्ष अघि तेस्रो विश्वका जनताको आकर्षण बनेको भुमण्डलीकरण यतिबेला साम्राज्यवादी शक्तिहरूको पूनःउपनिवेशीकरणकै सिलसिला प्रमाणित भएको बताउनुभयो । नेपालको इतिहास लेखनमा बेलायती प्रभाव बढी भएको चर्चा गर्दै उहा“ले फ्रान्स, जर्मनेली र चिनिया“ भाषामा लेखिएका नेपाली इतिहासको तुलनात्मक अध्ययन हुनुपर्नेमा जोड दिनुभयो । नेपाल र चीनबीचको सम्बन्धबारे बोल्दै उहा“ले भाषा, कला र संस्कृतिले यो सम्बन्धलाई प्रगाढ बनाउ“दै लगेको बताउनुभयो । उहा“ले भन्नुभयो –‘इतिहासमा शासकहरूको परिवर्तनले यो सम्बन्ध प्रभावित भएर पनि जनताबीचको सम्बन्ध भने बलियो रह्यो ।’चिनिया“ सम्बृद्धिले नेपाली जनता पनि लाभान्वित हुनेमा आशा व्यक्त गर्दै उहा“ले भन्नुभयो –‘तर समृद्धि पनि स्थिर र पूर्ण छैन, न त समृद्धि नै पूर्ण समानता हो ।’ अध्यक्ष बिजुक्छेंले प्राचीन नेपालबारे संस्कृत, तिब्बती र चिनिया साहित्यबाट अवगत हुने भएकाले ती भाषाका ग्रन्थको नेपाली अनुवाद आवश्यक छ भन्नुभयो । राजदूत हौलानलाई नेपाली जनताको भावना चिनिया“ कम्युनिष्ट पार्टीका महासचिव सी जीपिङसम्म पु¥याई दिन आग्रह गर्दै उहा“ले नेपाल–चीन सम्बन्धको अमरत्वको कामना गर्नुभयो । राजदूत याङ हौलानको कुटनीतिज्ञको रुपमा एक देशबाट अर्को देशमा जानु आफ्नो लागि स्वाभाविक भए पनि नेपालबाट यतिबेला बिदा हुन गा¥हो भएको बताउनुभयो । नेपाली जनताको सरलताबाट आफू प्रभावित भएको बताउ“दै उहा“ले भविष्यमा पनि नेपाल र चीनसम्बन्धबारे आफूले चासो राख्ने विश्वास व्यक्त गर्नुभयो । आफ्नो बीसमहिने कार्यकालको समीक्षा गर्दै उहा“ले गत वर्ष नेपाल र चीनबीचको व्यापार ६० प्रतिशतले वृद्धि भएकोमा खुसी पोख्नुभयो । ‘गत वर्ष ७ हजार ७ सय थरि वस्तुको व्यापार भयो । धेरै–धेरै चिनिया“ कम्पनीहरू अझ पनि नेपालमा लगानी गर्न लालायित छन् ।’ उहा“ले भन्नुभयो । आफ्नो कार्यावधिमा चिनिया“ प्रधानमन्त्री वेन जिया बाओले नेपाल भ्रमण गर्नुभएको प्रस· उल्लेख गर्दै उहा“ले यो अवधिमा नेपाल र चीनबीचको सांस्कृतिकसम्बन्ध पनि बलियो भएको बताउनुभयो । नेमकिपा विदेशसम्बन्ध समितिका प्रमुख प्रेम सुवालले नेपालका सरकारहरूले बोलीमा एक चीन नीतिको समर्थन गरे पनि व्यवहारमा त्यो नीति कायम राख्न नसकेको बताउनुभयो । ‘तिब्बती कार्यकर्ताहरूलाई आत्मदाह गर्न दिनु र तिब्बतबाट भागेर आउनेलाई शरणार्थीको दर्जा दिने नेपाल र दलाई लामाबीचको सम्झौता एक चीन नीति विपरीत छ’ उहा“ले भन्नुभयो । राजदूत याङ गत वर्षको असारमा चिनिया“ राजदूतका रुपमा नेपाल आउनुभएको थियो । सन् २००६ देखि दुई वर्षसम्म उहा“ अफगानिस्तानको राजदूत हुनुहुन्थ्यो । त्यस्तै सन् २००८ देखि नेपाल आउनु अघिसम्म कोरियाली प्रायःद्वीपसम्बन्धी चिनिया“ राष्ट्रपतिको विशेष दूत हुनुहुन्थ्यो ।

 
नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिको बैठक
Tuesday, 01 January 2013 15:06

भक्तपुर, २४ मंसिर । नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिको बैठकले देशको राजनीतिक सड्ढट समाधानका निम्ति राष्ट्रपतीय शासनमार्फत् तटस्थ निर्वाचन सरकार गठन गरी नया संविधान निर्माण गर्न जिम्मेवारी सहित नया संसदको निर्वाचन गराउनुपर्ने आवाजसहित जनताको बीचमा जाने निर्णय गरेको छ ।  बैठकले पूजीवाद र समाजवादको भिन्नता प्रस्ट पादै समाजवादी गणतन्त्रको प्रचारलाई गाउ गाउ र वस्ती वस्तीसम्म पु¥याउने उद्देश्यले विभिन्न कार्यक्रम तय गरेको छ । यसअघि उक्त बैठकमा निर्देशन मन्तव्य राख्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देश र जनताको हितमा काम गर्ने विचारलाई फैलाउनुपर्नेमा जोड दिनुभयो । उहाले पार्टीको निम्ति पार्टी नभई देश र जनताको हितका निम्ति पार्टी हुनुपर्छ भन्नुभयो । उहाले पार्टी र स·ठनका नाममा भीड जम्मा गर्नुभन्दा कर्तव्यबोध भएका कार्यकर्ताहरू तयार गर्नुपर्नेमा जोड दिनुभयो । देशको राजनीतिमा भारतीय विस्तारवादको चलखेल बढेकोतर्फ इ·ित गर्दै उहाले विदेशी चलखेल र प्रभाव रहेसम्म देशको राजनीतिक अन्योल अन्त्य हुदैन भन्नुभयो । एमाओवादी भारतको ‘ट्रोजन हर्स’ भएको बताउूदै अध्यक्ष बिजुक्छेंले देश र जनताको अहितमा निर्णय गर्ने विदेशी दलाल सावित् हुन्छन् भन्नुभयो । पैसाले पार्टी चलाउने र पैसाका निम्ति जस्तोसुकै काम गर्ने दलहरू कम्युनिष्ट हुनै नसक्ने स्पष्ट पार्दै युवा कार्यकर्ताहरू समाजको निम्ति योगदान गर्ने भावनाले अघि बढ्नुपर्छ भन्नुभयो । बैठकले युवा सरोकारका विषयमा एक्लै र अरू शक्तिसित संयुक्तरूपमा आवाज उठाउूदै जाने बताउूदै सङ्घका अध्यक्ष उकेश कवांले लोकतन्त्र–प्रजातन्त्र जेजस्तो भनिए पनि पूजीवादी व्यवस्थाले बहुमत कामदार जनताको हित गर्न नसक्ने र विकल्प समाजवादमात्र भएकोले समाजवादी गणतन्त्र प्रचार अभियानलाई निरन्तर जोड दिने बताउनुभयो । युवाहरूलाई विदेश जानेभन्दा स्वरोजगार गरी देशमै रहने वातावरण निर्माण गर्न, खतरामा परेको देशको सार्वभौमिकता र भूअखण्डताबारे सचेत पार्ने गधिविधि अघि बढाउने उहाले जानकारी दिनुभयो ।

 
लेनिनको पार्थिव शरीर हटाउने रुसी सरकारको निर्णय फिर्ता हुनुपर्ने माग
Monday, 06 August 2012 16:36

भक्तपुर, १८ साउन । नेपाल क्रान्तिकारी युवा सङ्घले रुसको मास्कोस्थित रेड स्क्वायरमा रहेको महान नेता लेनिनको पार्थिव शरीर हटाउने रुसी सरकारको निर्णय फिर्ता हुनुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन अभियान थालेको छ ।

भक्तपुर दरबार स्क्वायरमा बिहीबार एक कार्यक्रमबीच अभियान थालनी गरियो । कार्यक्रममा बोल्दै सङ्घका केन्द्रीय सचिव प्रकाशले लेनिन रुसी जनताका नेता मात्र नभई विश्व सर्वहारा वर्गका महान पथप्रदर्शक भएको बताउ“दै लेनिनको समाधिस्थल बन्द गर्न खोज्नु इतिहास मेट्ने दुःस्साहस भएको बताउनुभयो ।
लेनिनले वैज्ञानिक समाजवादको माक्र्सवादी सिद्धान्तलाई व्यवहारमा लागू गरी लेनिनवादको प्रतिवादन तथा सर्वहारा समाजवादी राज्य स्थापना गर्नुभएको उल्लेख गर्दै उहा“ले माक्र्सवाद–लेनिनवाद पू“जीवादी शोषण र दमनविरुद्ध लडिरहेको करोडौं करोड जनताको निम्ति माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त रहेको छ भन्नुभयो  ।
लेनिनवाद साम्राज्यवादी युगको माक्र्सवाद भएको बताउ“दै साम्राज्यवादकी जगजगी बढिरहेको आजको अवस्थामा लेनिन र लेनिनवाद अझै प्रेरणादायी रहेको छ भन्नुभयो ।

भ्लादिमिर पुटिन नेतृत्वको रुसी सरकारले महान नेता लेनिनको पार्थिव शरीर अन्तै गाडेर लेनिनको समाधिस्थल बन्द गर्ने निर्णय गरेको विरोधमा ‘सोभियत जनतासित मित्रता र ऐक्यबद्धताका निम्ति अन्तर्राष्ट्रिय परिषद’ले पनि विश्वव्यापी हस्ताक्षर सङ्कलनमा निम्ति आह्वान गरेको छ ।
कार्यक्रममा नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका सहसंयोजक मीनबहादुर बाटा र सचिव राजकुमार लघु र भक्तपुर नगरपालिका संयोजक राजेन्द्र सुवालले पनि रुसी प्रतिक्रियावादीहरूको उक्साहटमा रुसी सरकारले उक्त विश्व जनमतविरोधी निर्णय गरेको बताउ“दै रुसी सरकारको निर्णयको विरोध गर्नुभयो ।
नेक्रायुसङ्घले देशका विभिन्न सहरबाट नेपाली जनताको हस्ताक्षर सङ्कलन गरी रुसी सरकार र ‘सोभियत जनतासित भित्रता र ऐक्यबद्धताको निम्ति अन्तर्राष्ट्रिय परिषद्लाई पठाउने बताएको छ ।

 
राष्ट्रपतिसमक्ष पत्र
Friday, 13 July 2012 05:09

काठमाडौं, २५ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मेवारी भारतीय कम्पनीलाई दिने सरकारको तयारी, लगानी बोर्ड ऐन र सुपुर्दगी ऐनले देशको सार्वभौमिकता एवम् स्वाभिमानमा गम्भीर असर पु¥याउने ठहर गर्दै नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवलाई एक ध्यानाकर्षण पत्र बुझाएका छन् । राष्ट्रपतिसमक्ष बुझाइएको पत्रमो भनिएको  छ – प्रधानमन्त्री डा.बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा नेपाल सरकार र उक्त कम्पनी बीच भएको समझदारी (एमओयू) का आधारमा देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मेवारी विदेशी कम्पनीलाई दिने कदमले देशको सार्वभौमिकता र स्वतन्त्रतामा गम्भीर चोट पुग्ने देखिन्छ । राजधानीमै रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील र महत्वपूर्ण अङ्ग विदेशीको हातमा पुग्नेछ र त्यसले देशकै राष्ट्रिय सुरक्षामा आ“च आउनु स्वाभाविक छ ।

देशको हित एवम् सुरक्षा संवेदनशीलतालाई पूर्णतः उपेक्षा गर्दै मनोमानी ढङ्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनी आईएल एण्ड एफएसलाई दिने वर्तमान सरकारको राष्ट्रघाती कदमको हामी नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघ विरोध गर्दछौं । सरकारको यो राष्ट्रघाती कदम तत्काल फिर्ता लिनुपर्नेमा हाम्रो जोडदार माग छ । साथै सरकारले उक्त कम्पनीसित गरेको समझदारी पत्र (एमओयू) अविलम्व सार्वजनिक गर्नुपर्दछ ।

नेपालको राष्ट्रिय पू“जीलाई कमजोर तुल्याउने हेतुले व्यवस्थापिका–संसदमा लगानी बोर्ड विधेयक पेश गरिंदा हाम्रो मातृपार्टी नेपाल मजदुर किसान पार्टीले विरोधमा मतदान गरेको थियो । आज त्यसै ऐनको कानुनी आधारमा विमानस्थलजस्तो रणनीतिक र राजनीतिक महत्वको विषय समेत भारतीय विस्तारवादलाई सुम्पिने तयारी भइरहेको छ । नेपालमा विदेशी पू“जीको यो चलखेलको सुरुवात मात्र हो र अगामी दिनमा लगानी बोर्ड ऐनमै टेकेर यस्ता अरु पनि धेरै राष्ट्रघाती निर्णय हुनसक्ने छ । तसर्थ हामी लगानी बोर्ड ऐनलगायत देशको अहितमा रहेका सम्पूर्ण ऐनहरू खारेज हुनुपर्नेमा सम्माननीय राष्ट्रपति ज्यूको गम्भीर ध्यानाकर्षण गराउ“दछौं ।
सरकारद्वारा हालै अध्यादेशमार्फत जारी सुपुर्दगी ऐनले देशको सार्वभौमिकता एवम् स्वाभिमानमा गम्भीर असर पु¥याउने हाम्रो ठहर छ । हामी राष्ट्रहितविपरीत सम्पूर्ण सन्धि–सम्झौता र ऐनहरू अविलम्व खारेज गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराउ“दछौं ।
ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रपति डा. रामवरण यादवले सरकारलाई राष्टिय हितका बारेमा सचेत र सजग गराएर आफ्नो संवैधानिक कर्तवय पूरा गर्ने वचन दिनुभयो । उहाँले  विमानस्थल व्यवस्थापन प्रकरणबारे सम्बन्धित निकायलाई पत्र काटेर बुझ्ने पनि बताउनुभयो ।
देशको सार्वभौमिकता र भूअखण्डताप्रति युवा–विद्यार्थीहरुको चासो सकारात्मक भएको बताउँदै उहाँले राष्टिय एकता, सार्वभौमिकता र भूअखण्डता कमजोर हुँदै गएको विषय सबैको चासो र ध्यान पुग्नुपर्ने बताउनुभयो । जनआन्दोलनहरुबाट आएका उपलब्धिहरु संस्थागत गर्न परिवर्तकारी शक्तिहरु एक हुनुपर्ने बताउँदै राष्ट्रपति डा. यादवले दलीय एकता कमजोर हुँदा प्रतिक्रियावादी शक्तिहरु सक्रिय भएको आंैल्याउनुभयो । ध्यानाकर्षण पत्र बुझाउन नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय अध्यक्ष उकेश कवां  र नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सचिव सरोजकुमार साहकोे नेतृत्वमा युवा विद्यार्थीहरुको एक टोली शितल निवास पुगेको थियो । नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय अध्यक्ष उकेश कवांले ध्यानाकर्षण पत्र राष्ट्रपति डा. रामवरण यादवलाई हस्तान्तरण गर्नुभएको थियो भने नेक्राविसंघका केन्द्रीय सदस्य निरज लवजूले पत्र दिनुपर्ने अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो । टोलीमा नेक्रायुसंघका केन्द्रीय सचिव प्रकाश, केन्द्रीय सदस्यहरु राजवीर डंगोल, रेविना डंगोल, रामकृष्ण प्रजापति, कर्मा वाइबा र श्यामकुमार महर्जन तथा नेक्राविसंघका केन्द्रीय सदस्यहरु निरज लवजू, अनुराधा थापामगर, रविन्द्र फोंजू, कुमार थिं, शेरबहादुर खत्री रहनुभएको थियो ।

 
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 18

Model Gallery

No images

Photo Gallery

Press Release

Madan Bhandari Sports Academy

Press Release -2068/01/26

Load Shedding Schedule

Download Load Shedding Schedule

Advertisement



(Space for Advertisement)