|
Monday, 11 March 2013 04:32 |
|
२५ फागुन २०६९ धलिखेल ः ईन्टिग्रेटेट इफोट फर डेभलपमेण्ट (आई.ई.डी) नेपाल को आयोजनामा र रोटरी क्लब अफ धुलिखेल र सि.डी.आर.ए नेपालको सहयोगमा धुलिखेलमा “महिला हिंसा,चुनौतिहरु र समाधान ” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको समाजमा मौलाएको महिला प्रति हुने हिंसाको स्थानिय स्तरमा समाधान खोज्नु हो । यस कार्यक्रममा आई.ई.डी नेपालका अध्यक्ष र रोटरी क्लब अफ धुलिखेलका क्लब डिरेक्टर श्री रन्जीब श्रेष्ठ, आई.ई.डी नेपालका सह–सचिव श्री सन्चन भैल, सुश्री नन्दुकुमारी महर्जन, अभिषेक श्रेष्ठ, नेकपा एमालेका जिल्ला सदस्य र महिला बिभागका प्रमुख श्रीमती विमला शर्मा ,महिला मानव अधिकार रक्षक निर्मला काफ्रले , सि.डी.आर.ए नेपालका प्रतिनिधि ऋसीराम बैद्य ,मोहन प्रजापति आदिको उपस्थिति थियो । कार्यक्रममा बर्षभरि महिला प्रति हुने हिंसाका समाचार पत्रको प्रर्दशनीका साथै विभिन्न वक्ताहरुले आ–आफ्नो मन्तब्य ब्यक्त गरेका छन् । करिब ४५ जनाहरुको उपस्थितमा भएको सो कार्यक्रममा महिला हिंसा प्रति अब कुरा होइन काम गरौ भन्ने प्रतिबद्घता सबैले ब्यक्त गरेका छन् ।

नेकपा एमालेका जिल्ला सदस्य र महिला बिभागका प्रमुख श्रीमती विमला शर्माले महिलालाई हरेक निर्णायक विषयमा महिलाको शून्य सहभागिता गराइनु सबैभन्दा ठूलो हिंसाको कारण हो भन्ने कुरा ब्यक्त गर्नु भयो । महिला मानव अधिकार रक्षक निर्मला काफ्रले काभ्रेमा महिला आत्महत्याको समस्या सबैभन्दा विकराल रुपले आएको कुरा ब्यक्त गर्नु भयो । नेपालको अन्तरिम संविधानमा महिलामाथि हुने हिंसा नियन्त्रण सम्बन्धमा उल्लेख भएता पनि कार्यन्वयन पक्षमा फितलो भएको कुरा आई.ई.डी नेपालका सुश्री नन्दुकुमारी महर्जन ब्यक्त गर्नु भयो । आई.ई.डी नेपालका अध्यक्ष रन्जीब श्रेष्ठले हाम्रो समाज हाम्रो दिदीबहीनीका लागि सुरक्षित हुनुप–र्यो भन्ने विचार ब्यक्त गर्नु भयो ।
|
|
|
Tuesday, 22 January 2013 16:09 |
|
धुलिखेल÷प्रेस चौतारी नेपाल काभ्रे शाखाले पत्रकार डेकेन्द्र थापाको हत्याको विरोधमा जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालयमा जम्मा भएका संचारकर्मीहरुले पत्रकार हत्याका दोषीलाई कार्वाहीको माग गर्दै एक घण्टा धर्ना दिएका हुन् । धर्नापछिको सभामा नेपाल प्रेस युनियन काभ्रेका सभापति नारायणप्रसाद सापकोटा, प्रेस चौतारी काभ्रेका अध्यक्ष हिरामान लामा, पत्रकार महासंघ काभ्रेका सभापति महेश पौडेल,मानवअधिकारकर्मी भोजराज तिमल्सिना लगायतकाले पत्रकार हत्याको दोषीलाई कार्वाहीको माग गरेका थिए । दर्जनौ कृयाशिल संचारकर्मीको उपस्थितीमा भएको धर्नामा सहभागीले विधीको शासन अनुसार मुलुकलाई चलाउन आग्रह समेत गरेका थिए ।
|
|
Tuesday, 22 January 2013 16:02 |
|
च्यासिङ्खर्क÷काभ्रेमो दक्षिण भेगमा पर्ने ८ गाविसका स्थानीय बासीन्दाहरुलाई स्वास्थ्य सेवा पु¥याउने उद्श्याले २४ घण्टे एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । शनिवार काभ्रेको च्यासिङ्खर्क गाविस–९ मदनबास स्थित आइत टासी गुम्बाको अयोजनामा गरेको भेलालबाट एम्बुलेन्स सेवा संचालन गर्ने निर्णय गरेको हो । गुम्बाका सचिव सोनाम सिं लामाले दिनु भएको जनाकारी अनुसार भेलाले बल्थली, चलालगणेशस्थान, ढुंखर्क, च्यासिङखर्क, मिल्चे, फलामेटार, साल्मेचाकल र महाँकालचौर गाविसको गरि करिब ४० हजार जनताले सेवा पाउने छन । भेला सम्पन्न भई सकेको र केही महिना भित्रमा यो एम्बुलेन्स सेवा संचालनमा ल्याउने छौ सचिव लामाले बताए । चाडै संचालनमा ल्याउनको लागि कागजी रुपमा काम गर्न बाँकी रहेको गाविस सचिवहरुले बताएका छन । भेला आइत टासी गुम्बाका अध्यक्ष प्रताप लामो अध्यक्षतामा सम्पन्न भएको थियो । भेलामा विभिन्न गाविसका सचिव, उप–स्वास्थ्य चौकीका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी लगायको उपस्थित रहेको आयोजकले जनाएको छ ।
|
|
|
Thursday, 01 November 2012 13:08 |
|
रेम स्याङतान तामाङ, दोहा कतार
कतारमा कार्यरत प्रवासीहरुको हेल्थ केयरलाई सुलभ सरल बनाउनको लागि वेल करनेल मेडिकल कलेज कतारले विभिन्न देशका नागरिकहरुलाई समेटने गरी पाँच दिने ईन्टरप्रिटर टे«निङ्ग सम्पन्न गरेको छ । यस तालिको मुख्य उद्देश्य भनेको विभिन्न देशका भाषा र साँस्कतिका विविधताका कारण अंग्रेजी भाषा बोल्न नजान्ने विरामीहरुको लागि भाषाका कारण सही रोगको पहिचान र उपचार गर्न र गराउन कठिन भइरहेको अस्पतालहरुमा तालिम प्राप्त इन्टरप्रिटरको सहयताबाट स्वास्थ्थ क्षेत्रमा सेवा पु¥याउने हो । कतारमा पहिलो चोटी सम्पन्न यस टे«निङ्गमा कतार लगायत बहराईन, लेवनन, सिरीया, जोर्डन, इजिप्ट, सुडान, भारत, पाकिस्तान, फिलिपिन्स, फ्रान्स र नेपालका कम्तीमा एक जना गरी जम्मा १८ जना प्रशिक्षार्थीहरु रहेका थिए । नेपाली समुदायको तर्फवाट विनेश तामाङले सहभागिता जनाएका थिए ।

यो प्रशिक्षणको आयोजना कतार फाउण्डेसनको मतहतमा संचालित वेल करनेल मेडिकल कलेज कतार शाखा र द क्रस कल्चर हेल्थ केयर प्रोग्राम अमेरिकाले संयूक्त रुपमा शुरु गरिएको हो ।
|
|
Monday, 29 October 2012 12:15 |
|
कोशीपारी÷ काभ्रे कोसिपारी गोठपानी गाउविकास समितिमा बडादशैको अवसर पारेर २०६८ मा एसएलसी उत्तिर्ण छात्रछात्राहरुलाई एक विशाल कार्यक्रमका बीच सम्मान गरिएको छ । यही कात्तिक ९ गते गोठपानी गाविस–५ मा अवस्थित सुर्योदय प्रा.वि.को प्रांगनमा भएको सो सम्मान कार्यक्रममा विभिन्न राजनैतिक दलका स्थानीय प्रतिनिधीहरु, विभिन्न समूदायका व्यक्तित्वलगायत सयौ गाउलेहरुको उपस्थिती रहेको थियो ।

ठुलीपधेरा युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा प्रभा वहुमुखी क्याम्पसका प्रमुख चुडाप्रसाद चौलागाईले २०६८ मा सो गाविसबाट एसएलसी उत्तिर्ण छात्रछात्राहरुलाई सम्मानसहित प्रशंशा प्रमाणपत्र प्रदान गरेका थिए । क्लबका अध्यक्ष तिलक लामाका अनुसार सो अवसरमा २०६८ मा सो गाविसबाट एसएलसी उत्तिर्ण ४९ छात्रछात्रालाई सम्मान गरिएको थियो । क्लबले यसअघिपनि स्थानियस्तरमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । स्थापनाको छोटो समयमै क्लबले विपिपि परिवार बनेपाको सहयोगमा सो गाविसमा स्वास्थ्य क्लिनिक संचालन गरिरहेको छ भने केही समयअघि मात्र स्थानियस्तरमा आत्महत्या सम्वन्धी वृहत जनचेतनामूलक कार्यक्रम पनि सम्पन्न गरेको थियो । क्लबका अध्यक्ष तिलक लामाले अवका दिनमा सामाजिक कार्यमा क्लब अझ सक्रिय ढंगमा अघि बढने प्रतिवद्धता जनाएका छन् ।
|
|
|
|
|
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>
|
|
Page 1 of 148 |