खेलकुद
आयोजकलाई नै उपाधी, सैनिक स्कूलको असन्तुष्टि
Tuesday, 27 December 2011 14:31

साँगा÷काभ्रेको साँगामा भएको २० औँ आईजीपी कपको उपाधी आयोजक नेपाल प्रहरी आवासीय उच्च मावि साँगाले हात पारेको छ । सैनिक आवासीय महाविद्यालय भक्तपुरलाई ० का विरुद्ध १ गोलले हराउँदै आयोजक प्रहरी स्कुलले उपाधी जितेको हो  ।

खेलको ३० औँ मिनेटमा प्रहरी स्कुलका लागि विक्रान्त लामाले हानेको गोल नै निणार्यक बन्यो । खेल अवधीभर सैनिक महाविद्यालयले प्रहरी स्कुललाई दवावमा राखे पनि जित प्रहरी स्कुल नै हासिल गर्यो ।

पश्चिम प्रहरी स्कूल तनहुको बेलचौतारा टिम तेस्रो भयो । खेलको म्यान अफ द म्याच प्रहरी स्कुलका विक्रान्त राणा भए । बेष्ट प्लेयरको उपाधी प्रहरीकै आशिष तामाङले हात पारे । ८ गोल गर्ने बेलचौताराका राजेश गुरुङ हाइयर स्कोरर घोषित भए । फेयर प्लेको उपाधी मल्पी इन्टरनेशनल स्कुलले पायो । विजयी टिम तथा खेलाडीलाई सोमबार प्रहरी अतिरिक्त महानिरिक्षक रविन्द्रप्रताप शाहले शिलड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । स्थानीय समाजसेवी राजेन्द्र जोशीको सहयोगमा प्रत्येक बर्ष प्रथम हुनेलाई खसी र द्धितीय हुनेलाई बोका समेत दिइदै आएको छ । प्रतियोगितामा विभिन्न २० विद्यालयको सहभागिता थियो ।

सैनिक स्कुलले भने खेलमा धाँधली भएको आरोप लगायो । आफ्ना खेलाडी इनोज न्यौपानेलाई डि एरियामा लडाउँदा पनि पेनाल्टी नदिएको र धाँधली गरेको आरोप सैनिक टिमको छ । यसअघि पनि विवाद भएपछि प्रतियोगितामा भाग नलिएको सैनिक स्कुलले ४ बर्षपछि प्रतियोगितामा सहभागिता जनाएको हो । टिमका कोच राजु लामाले फेयर प्ले हुन्छ भनेर फेरि खेल्न आएपनि धाँधली भएकोले आगामी बर्षदेखि आइजीपी कपमा भाग नलिने बताए ।

 
साफमा सहभागी हुने खेलाडीलाई प्रशिक्षण
Friday, 18 November 2011 14:43

धुलिखेल ÷ आगामी मंसीर १५ गतेदेखि भारतमा हुन लागेको साफ खेलमा सहभागी हुने नेपाली फूटबल टोलीको लागि काभ्रेको धुलिखेलमा बन्द प्रशिक्षणको आयोजना गरिएको छ ।
साफ गेममा नेपाली खेलाडी टिमलाई हौसल्ला प्रदान गर्न र जित्नका लागि रणनीतिबारे जानकारी दिने उद्देश्यले एक दिने उक्त बन्द प्रशिक्षण आयोजना गरिएको हो ।  प्रिज्म एड्भरटाईजिङ संस्थाले वेस्र्टन युनियन मनिट्रान्सफर र बजाजको सहयोगमा राष्ट्रिय फुटवल टिमका खेलाडीलाई एक दिवसीय प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा खेलाडीहरुलाई टिम निर्माण, नेतृत्व विकास र सकारात्मक सोचबारे प्रशिक्षण दिइएको थियो । एड्भरटाईजिङका रञ्जित आचार्य र दिपेन्द्र चौलागाईले उनीहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष गणेश थापा, सल्लाहकार अनिलकुमार शाह लगायतले  व्यवसायिकतासँगै राष्ट्रको लागि फुटवल खेले जित्नका लागि शुभकामना दिएका थिए । सक्केस गोल नाम दिईएको उक्त प्रशिक्षण कार्यक्रममा नेपाली टिमका प्रशिक्षक ग्राहम रोर्वटस् र २४ खेलाडी सहभागि थिए ।

 
व्याडमिन्टन प्रतियोगितामा आयोजकनै प्रथम
Wednesday, 17 August 2011 15:32

सांगा/ नेपाल प्रहरी उच्च माध्यमिक आवसीय बिद्यालय सागाले आयोजना गरेको सातौ अन्तर बिद्यालय जिल्लाव्यापी व्याडमिन्टन प्रतियोगितामा आयोजक विद्यालयले प्रथम भएको छ ।
बुधबार भएको फाइनलमा नेपाल प्रहरी स्कूल सागा प्रथम भएको हो । त्यसैगरी एसओएस पनौती द्धितीय र नांटिगेल इङलिश स्कूल तृतीय भएका छन् ।

प्रतियोगितामा १२ बर्षउमेर समूहतर्फएसओएसका छात्र विकास लामा र प्रहरी स्कूलकी छात्रा रिया झा, १४ बर्षउमेरतर्फप्रहरी स्कूलका छात्र मिलन आचार्य र  एसओएसका छात्रा सन्तोषी केसी तथा १६ बर्षउमेरतर्फप्रहरी स्कूलका छात्र गणेश रायमाझी र एसओएसका छात्रा सम्झना हमालले स्वर्ण पदक पाएका थिए । उनीहरु लगायत विजयी विद्यार्थीलाई प्रमुख जिल्ला अधिकारी रुद्रनाथ वत्स्याल र समाजसेवी वीरबहादुर खत्री लगायतले स्वर्णपदक तथा पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा काभ्रे जिल्ला व्याडमिन्टन संघ र समाजसेवी बीरबहादुर खत्रीले सामाग्री तथा नगद पुरस्कारको व्यबस्था गरेका थिए । प्रतियोगितामा काभ्रे जिल्लाबाट जम्मा १०३ जना बिद्यार्थी र १४ जना शिक्षकले प्रतिस्पर्धा गरेका थिए ।

 
काभ्रेको नाम बुलन्द गर्दै 'ब्लोन'
Tuesday, 05 July 2011 16:36

बनेपा/काभ्रेमा जन्मीएर भर्खर १० कक्षा पढदै गरेका सम्राट ब्लोन राष्ट्रिय खेलाडीको रुपमा परीचय कमाउन सफल भएका छन । विद्यासागर इङलीस बोर्डिङ स्कुलमा  सात कक्षामा पढदै गर्दा राम्रो खेल खेलेको कारण अखिल नेपाल फुटबल संघले आफ्नै खेलाडी बनाउन लगेको थियो ।

सानै देखी फुटबल खेल्न रुचिराख्ने सम्राट यतिखेर एनफाकै संरक्षणमा बुटवलको फिफा टेक्निकल सेन्टरमा रहेका छन । 'मिड फिल्ड'मा खेल्ने उनले 'राष्ट्रीय स्कुल व्यापी, प्रेसीडेन्ट क्लब' प्रतियोगीतामा 'म्यान अफ द म्याच' भएका थिए ।
उनी बनेपा युनाइटेड फुटबल एसुसेसनको समेत सदस्य रहेका छन । आफ्ना बालबालीकाले सफलता हाँसील गरेको हेर्न चाहने हो भने उनीहरुको रुचिका क्षेत्रमा लाग्ने वातावरण अबिभाबकले गरीदिनु पर्छ सम्राटका बुबा कमल ब्लोन बताउछन । पछिल्लो समय खेलक्षेत्र नेपालमा सुधारीदै गएको र यो क्रमलाई अझै अगाडी बढाएर विश्वकप फुटबलमा सहभागी हुने वाताबरण सबै मिलेर निर्माण गर्नु पर्ने उनी बताउछन ।

 
पनौतीमा स्वर्ण पदक विजेतलाई सम्मान
Friday, 20 May 2011 15:16

पनौती/प्यानक्रेसन एथि्लया काभ्रेले गत बैशाख १६ र १७ गते काठमाण्डौमा भएको राष्ट्रिय प्रतियोजितामा पदक विजेतालाई शुक्रबार पनौतीमा सम्मान गरेको छ ।
काभ्रेबाट प्रतिनीधित्व गरी प्रतियोगितामा विजयी हुने पाँच स्वर्ण पदक र चार रजत पदक विजेतालाई सम्मान गरिएको हो । सम्मानित हुनेमा स्वर्ण पदकतर्फ२५-३० तौल समूहका निराजन बन्जारा, ३५-४० समूहका साजन बन्जारा, ४०-४५ समूहका श्यामकुमार भुजेल, ४५-५० समूहका शंकर भुजेल र ५०-५५ समूहकी उर्मिला तामाङ छन् । त्यसैगरी प्रतियोगितामा उद्धव लामा, ज्ञानकुमार श्रेष्ठ, केशव खनाल र सुगम बन्जाराले रजत पाएकोमा सम्मान गरिएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रघुवर चौ प्रधानले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा मार्शल आर्ट प्रतियोगितामा योगदान दिएवापत प्रशिक्षक राजीव महर्जनलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा खेलाडीहरुले कला प्रदर्शन समेत गरेका थिए ।

 
<< Start < Prev 1 2 3 4 5 6 Next > End >>

Page 1 of 6

Model Gallery

No images

Photo Gallery

Press Release

Madan Bhandari Sports Academy

Press Release -2068/01/26

Load Shedding Schedule

Download Load Shedding Schedule

Advertisement



(Space for Advertisement)