|
Monday, 04 January 2010 16:07 |
|
बनेपा/तामाङ जातीको पर्वको रुपमा लिइने ल्होछार नयाँ बर्षो मुख्य दिन माघ २ गते कानपुरको कोटतिमाल तथा माघ ३, ४ र ५ गते कटुञ्जेको चारसय वेशीमा २८४६ औ वाघ सोनाम ल्होछारको अवसरमा रोशी महोत्सव गरी भव्य रुपमा मनाइने भएको छ । चौवीस सय राज्यमध्येको एक तामाङ राज्य रहेको कानपुरको कोटतिमालस्थित तत्कालीन राजा रिञ्जेन दोर्जेको दरबार रहेको क्षेत्रमा कानपुर क्षेत्रका स्थानीयबासीले नयाँ बर्षभव्य रुपमा मनाउन लागेको समाजसेवी हीराकाजी लामाले जानकारी दिए । राजाको दरबार रहेको उक्त क्षेत्रलाई पुनः संरक्षण गर्नका लागि प्रत्येक बर्षल्होछारको कार्यक्रम मनाइने उनले जानकारी दिए । त्यसैगरी बाघ -ताक) सोनाम ल्होछार २८४६ मुल आयोजक समिति कानपुर र कटुञ्जेबेशीले तीन सम्म भव्यताका साथ ल्होछार मनाउन लागेको छ । तामाङ संस्कृति र सभ्यताको जगर्ेना तथा संरक्षण र परम्परागत उत्पादनहरुको सर्म्वर्द्धनका लागि ल्होछारलाई महोत्सवको रुपमा मनाउन लागिएको हो । पर्ुव अर्थमन्त्री एवं एकीकृत माओवादीका केन्द्रीय उपाध्यक्ष डा. बाबुराम भट्टर्राईलाई प्रमुख अतिथीको रुपमा ल्याएर रोशी महोत्सव मनाउन लागेको मुल आयोजक समितिका सदस्य टासी लामाले
जानकारी दिए । महोत्सव अर्न्तगत सांस्कृतिक झाँकीहरुसहित तामाङ भाषाका चलचित्रहरु, स्थानीय र चर्चित कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । महोत्सवलाई १० हजारले अवलोकन गर्ने लक्ष्य राखेको लामाले जानकारी दिए । ल्होछारको अवसरमा गरिने महोत्सवका लागि नेपाली कांग्रेसका क्षेत्रीय उपसभापति तर्ीथ लामाले ३० हजार, बनेपाका व्यवसायी राजभक्त प्रधानले ५० हजार र टासी लामाले ३० हजार सहयोग गरिसकेका छन् । महोत्सव सफल पार्नका लागि मिण्डु लामाको संयोजकत्वमा १ सय १ मुल समारोह समिति पनि गठन गरिएको छ ।
|