Date Converter

Find Us in Facebook

स्थानिय पत्रपत्रिकाहरु


2067/08/27 Friday
Issue 18


2067/08/17 Friday
Issue 11


2068/03/01 Wednesday
Issue 9

 

Content View Hits : 3833093

Advertisement





www.kavrekoseli.com - Mirror to the Kavre District
दैलेखका एक यूवक आफ्नै गाउँलेद्धारा ठगिए ।
Monday, 06 February 2012 14:47

प्रेम स्याङतान तामाङ

दोहा  ÷कतार, वैदेशिक रोजगारीका लागि दोहा आईपुगेका दैलेख वराह ९,का ३० वर्षिय निराजन शाही हाल दोहा नियोगको शरणमा रहेका छन् । गाउँले एजेन्ट  जिवन शाहीलाई १ लाख रुपैंया वुझाएर सेक्यूरिटी गार्डको काममा महिनवारी खाना खाई १४ सय कतारी रियालमा आएका हुन् । नेपालवाट एजेन्ट जिवनले गार्डको काममा पठाए पनि यहाँ आएपछि मात्र कन्सट्रक्सन कम्पनीको लेवर काममा रहेका थाहा पाएका बताए । यदि १४ सय तलव खाना खाएर भएन भने तुरुन्त नेपाल फर्केर आउनु जति खर्च लागेको हो त्या सवै फिर्ता गरिदिने वाचा एजेन्टले गरेको पिडीतले बताए । उनीसँगै आएका अरु तीनजना नेपालीहरु भने भागेर  अन्तै गइसकेको छन् भने उनी चाँही नियोगको शरणमा आएका हुन् । पासर्पोट र झोला पनि कम्पनीमा छोडेर ८ दिन अघिमात्र नियोगमा आएका बताए । उनी जनवरी १७ तरिखका दिन कामका लागि दोहा आईपुगेका थिए ।

तीन दिन कम्पनीमा काम गरे लेवरको त्यसपछि छोडेर हिंडेको हो । हातभरी ठेला उठयो काम गर्न नसक्ने भयो  । तोकिएको काम र तलव पनि भएन् त्यसैले कम्पनी छोडेर नियोगमा आएको हुँ पिडीतले भने । सोचेकै थिएन आफैनै गाउँलेद्धारा यसरी फसाईन्छ भनेर कत्रो विश्वास र भरोसले १ लाख तिरेर आयो तर यहाँ आएपछि मेरा त विजोग भयो । अझ कमाएर २० हजार तिर्नुपर्ने सर्त थियो । मैले तुरुन्त एजेन्ट जिवनलाई फोन गरेर समस्या सुनाएको थिए त्यही कम्पनीले पछि भनेको काम उपलब्ध गराउँछ भनेको तर त्यस्ता नदेखेपछि कम्पनी छोडेर नियोगमा आएको हुँ । अव नेपाल फिर्ता जान चाहान्छु । तर साथमा एक  पैसा पनि  छैन् पासर्पोट पनि कम्पनीमा नै छ । उनी वैदेशिक रोजगारका लागि दोहा आउनुभन्दा अघि मलेशियामा तीनवर्ष एक प्लाष्टिक कम्पनीका कार्यरत रहेका जानकारी पनि दिए । त्यति राम्रो कमाई नभएपछि  नेपाल गएर खाडी तिर आएका हुन् । पिडीत निराजन जस्तै वैदेशिक रोजगारीका लागि खाडी आएका कैयौ नेपालीहरु चिनजानको साथीभाई, नातेदारहरुवाट नै ठगिको सिकार भइरहेको छ ।

म्यानपावर एजेन्सीहरुको ठग्ने नयाँ कुटिल चाल र चलाखी पूर्ण कार्यले गर्दा उनीहरुले आफनै नजिकका नातेदाहरुलाई झुठा अश्वासन दिएर काका, भिनाजु, साला, साढु दाई जस्तो नातेदारहरुद्धारा  विश्वासमा परेर विदेश पठाउने निती अप्नाएका छन् । जस्ले गर्दा हाल आएर आफन्तहरुले नै आफन्त ठगिएका समाचारहरु आईरहेका छन् । वास्ताविकता पनि त्यसै भईरहेका छन् । नेपाली नियोगमा दोहा कतारमा हाल जति पनि ठगिएको समस्या, अलपत्र पार्ने कामहरु आफ्नै गाउँले नजिकका नातेदारहरुद्धारा नै ठगिएर आएका देखिएका छन् । चाहे त्यो पुरुष नेपाली श्रमिक होस या महिला श्रमिकहरु हुन् । म्यानपावर एजेन्टहरुका जवसम्म चिल्लो, झुठा कुराहरुमा विश्वास गरिदैन तवसम्म नेपाली कामदारहरु आफन्तैले आफन्तलाई नै ठगिको सिकार बनाउने कार्य रोकिदैन् । विदेशको वस्तुस्थिति नवुझी भनेको सुनेको भरमा अरुको विश्वासलाई आधार मानेर साहुसँग लाखौ ऋण लिएर रोजगारीको लागि आउँछन् तर यहाँ आएपछि वेग्लै परिस्थिति उत्पन भएर निकै ठूलो समस्यामा पर्छन ति सोझा नेपाली श्रमिकहरु । यस्तो समस्याहरुलाई निराकरण गर्न नेपाली श्रमिकहरु आफै पनि सचेत हुनु नितान्त आवश्यक छ । रोजगारीको लागि लाखौ तिरेर आउँदा निकै सचेत भएर काम सम्वन्धि पूर्ण रुपमा सीप सिकेर दक्ष भएर आउँदा राम्रो हुनेछ यसवारे नेपाल सरकारले निति नियम ल्याउनु पर्ने देखिन्छ ।

 
एसवाइएस डान्सिङ स्टारको उपाधी मोनिकालाई
Monday, 06 February 2012 14:56

बनेपा ÷ बनेपामा आयोजना गरिएको डान्सिङ स्टारको उपाधी मोनिका तामाङ ले जितेकी छन् । एसवाइएस ट्रेर्डस बनेपाको मुख्य प्रायोजन र बनेपा कला परिषद्को सहयोगमा सिल्भर साइन इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको उपाधी उनले जितेका हुन् । प्रतियोगितामा दोस्रो र तेस्रो क्रमश ः धनराज थापामगर र    भावना खड्का भए । सान्त्वना पुरस्कार रवि लामाले हात पारे ।
नृत्यनिर्देशक नारायणदेवी प्रधान, भुषण भोमी र राद्येश्याम प्रधानको निर्णयका आधारमा उनीहरुले उपाधी जितेका हुन् । प्रथम हुनेले १० हजार, द्धितीयले ५ हजार र तेस्रो र चौथो हुनेले ३÷३ हजार नगद र पुरस्कार हात पारे । निर्णायक भोमी, बनेपा कला परिषदका मोहन तौजले, व्युटिसियन लक्ष्मी लगायतले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए । जिल्लाभरका ५३ जना सहभागी मध्ये पुष २२ र २४ गतेका दुई अडिसनमध्येबाट छानिएका १८ जनावीच प्रतिष्पर्धा गराइएको थियो ।

 
नेपाल खेलकूद महासंघको आयोजनामा हुने अन्तर विद्यालय बुद्धिचाल फागुन १ देखि
Tuesday, 31 January 2012 14:39

बनेपा÷नेपाल खेलकूद महासंघ काभ्रेले प्रथम उदयप्रसाद पलाञ्चोके कप अन्तर विद्यालय जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । काभ्रे जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा हुने प्रतियोगिता फागुन १ गतदेखि ५ गतेसम्म बनेपामा संचालन हुनेछ । महासंघले मंगलबार बनेपामा पत्रकार सम्मेलन आयोजना गरी दिएको जानकारी अनुसार जिल्लाका विभिन्न विद्यालयका ६० भन्दा बढि खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
बुद्धिचाल प्रतियोगिताको मुख्य प्रायोजक उदयप्रसाद पलाञ्चोके र परिवार रहेका छन् । पलाञ्चोके बुद्धिचालका पुराना खेलाडी हुन् र सामाजिक क्षेत्रको विकासमा क्रियाशिल छन् । ७७ बर्षिय पलाञ्चोके खेलकुदको विकास, विस्तार एवं प्रवद्र्धनमा लागिपरिरहेका व्यक्ति हुन् । प्रतियोगितालाई पूजा डिजिटल कलर ल्याव बनेपा, उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.बनेपा, मुना चिया र कन्ट्री डेभलप्मेन्ट बैंक बनेपाले सहप्रयोजन गर्नेछन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीलाई क्रमशः ५ हजार, ३ हजार र १ हजार रुपैंया नगद पुरस्कारको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा महासंघका जिल्ला अध्यक्ष रगुवर चौ प्रधान, सल्लाहकार पूर्ण पलाञ्चोके, काभ्रे जिल्ला बुद्धिचाल संघका अध्यक्ष कृष्णप्रसाद कायस्थ, पत्रकार महासंघका अध्यक्ष महेश पौडेल, उग्रचारा बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक कृष्णभक्त थापा लगायतले प्रतियोगिताको बारेमा चर्चा गरेका थिए । केही समयअघि गठित नेपाल खेलकूद महासंघको जिल्ला समिति सदस्यमा मनोजकुमार न्यौपानेलाई मनोनित गरेको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।

थप जानकारीका लागि
सम्पर्क ः ९८५१०–४८४०३ (रगुवर चौ प्रधान) अध्यक्ष नेपाल खेलकुद महासंघ काभ्रे

 
२८४८ औ डुक सोनम ल्होछार भब्यताका साथ सम्पन्न ।
Tuesday, 24 January 2012 13:44

- प्रेम स्याङतान तामाङ

दोहा कतार , “राष्ट्रब्यापी मनाऔ ल्होछार पर्व, नेपाली भनी गरौ गर्व” भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज दोहा कतारले  २८४८ औं डुक( ड्राईगन)  सोनम ल्होछार पर्व जनवरी २० तारिख शुक्रवारका दिन गल्फ प्याराडाइज होटलमा भब्यताका साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष शंख लाल तामाङको अध्यक्षतामा सम्पन्न भएको ल्होछार कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दूतावासका राजदूत डा. सूर्य नाथ मिश्र रहेका थिए । प्रमुख धर्मगुरु थर्च लामा विशेष अतिथिमा नेपाल प्रवासी आदीवासी  जनजाती महासंघ कतारका अध्यक्ष मान वहादुर साँवा लिम्वु रहेका थिए । द्धितियि उपाध्यक्ष रमि तामाङले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तब्य दिईएकी थिईन् । उपस्थित सम्पूर्णले अतिथिहरुले नेपालको राष्ट्रिय गान गाए पछि प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुवाट दिप प्रज्वलन गरि वुद्धको प्रतिमामा खादा अर्पण गरि कार्यक्रममको समुदघाटन  गरिएको थियो ।


त्यसपछि तामाङ जातीको कला, साँस्कृति झल्कने खालका  झाँकीहरु लामा गुरु, डम्फुरेहरु, वोन्वो झाँकी, सोली वोक्ने, सगुन पोङ, बुद्धको झण्डा र नेपाली झण्डा वोकेर झाँकी प्रदर्शन गरिएको थियो ।  विदेशीहरुले पनि निकै उत्साहजनक रुपमा अवलोकन गरिएका थियो ।  नेपाल प्रवासी तामाङ समाजका सहकोषाध्यक्ष तथा ल्होछार कार्यक्रमका संयोजक  रोशन दोङ्ग तामाङले कार्यक्रमको वारेमा छोटो जानकारी गराईएका थिए । नेपाली राजदूतावसका  राजदूत  डा. सुर्यनाथ मिश्रको ४ वर्षे कार्यकाल अत्यन्तै सफल रहेको उपलक्ष्यमा र कार्यकाल समाप्त भएर नेपाल फिर्ति हुन लागेको अवसरमा तामाङ समाजले सोही ल्होछार कार्यक्रममा  विशेष अतिथि नेपाल आदीवासी जनजाती महासंघ कतारका अध्यक्षद्धारा सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो भने प्रमुख सल्लाहकार शुक वहादुर तामाङ ले खादा ओढाई सम्मान गरेका थिए भने  सभापति शंख लाल तामाङद्धारा तामाङ पोशाका लगाई दिएर सम्मान गरेका थिए । लामा गुरु थर्च लामाद्धारा तामाङ जातीहरुको (नयाँ वर्ष) ल्होछारको वारेमा उपस्थित सम्पूर्णलाई जानकारी गराईएका थिए । ल्होछारको शुभकामना मन्तब्य दिनेहरुमा नेपाल प्रवासी मुस्लिम सेवा समाजका अध्यक्ष माकसुद आलाम, ब्यवसायी तथा समाजसेवी वद्री प्रसाद पाण्डे, मातृसंस्थाहरुको तर्फवाट थारुकल्याणकारी समाजका अध्यक्ष ई. विद्यानन्द चौधरी ,ब्यवसायी तथा समाजसेवी राजिव डंगोल, नेपाल प्रवासी तामाङ समाजका प्रमुख सल्लाहका सुक वहादुर तामाङ, विशेष अतिथि नेपाल आदीवासी जनजाती महासंघ कतारका अध्यक्ष मान वहादुर साँवा लिम्वु, तामाङ जातीहरुको नयाँ वर्ष ल्होछारको अवसरमा सम्पूर्णलाई तामाङ दाजुभाई तथा दिदीवहिनीहरुको आउँदो दिनहरुमा  सफलता र प्रगतिको शुभकामना दिएका थिए ।

प्रमुख अतिथि नपाली राजदूतावासका राजदूत डा. सूर्यनाथ मिश्रले ल्होछारको शुभकामना दिंदै भने कतारमा क्रियाशिल संस्था मध्य नेपाल प्रवासी तामाङ समाज पनि एक हो । विदेशमा रहेर पनि आफ्नो जातीको कला, संस्कृति, धर्म  जोगाउने  कार्यमा निकै सकृय भएर  निरन्तर लागिएकोमा  सवै नेपाल प्रवासी तामाङ समाजका  दाजुभाई तथा दिदीवहिनीहरुलाई नेपाली नियोगको तर्फवाट तथा ब्यक्तिगत तर्फवाट  यस ल्होछार नयाँ वर्षले सवैमा सुख शान्ति र प्रगतिको शुभकामना  दिए ।  नियोग भनेको मुलुक र मुलुकवासीको हक हितको लागि खोलिएको हो । सम्पूर्ण नेपालीहरुले नयाँ आउने  नियोग प्रमुखलाई पूर्ण निष्ठका साथ सल्लाह सहयोग गर्न पनि अनुरोध गरे । हाम्रो राष्ट्रमा उत्पादनको पर्याप्त मात्रमा सम्भावना छ तर लगानी गर्न नसक्नुका कारण राजनितिक  अवस्थाका कारणले गर्दा अहिले देशको यो अवस्था सृजना भएको बताए । सभापति शंखलाल तामाङले उपस्थित प्रमुख अतिथि विशेष अतिथि र अतिथिहरुलाई २८४८ औं डुक  सोनम ल्होछारको शुभकामन मन्तब्य पछि औपाचारिक कार्यक्रमको समापन भएको घोषण गरि  दोस्रो साँस्कृतिक कार्यक्रम शुरु गरिएको थियो ।

सुजन गोले तामाङर श्याम ग्लान तामाङको स्वरमा  तामाङ नृत्य सहितको  स्वागत गीत (फयाफुल्ला होई फयाफुल्ला )मा कलाकारहरु विनोद, सन्तोष, कमान, सुमन, बलेन्द्र, अनिता, संगीता, रेली, विना आदी कलाकाहरुको नृत्य सहित अतिथिहलरुलाई स्वागत  गर्दा अतिथिहरुले तालिले निकै साथ दिएको थियो । त्यसै गरी तामाङ जातीका आफ्नै मौलिक झल्कने खालका परम्परा गीतम  म्हेन्दोमाया को वोलमा नृत्य गर्ने कलाकारहरुमा (मोहन प्रकाश, प्रदीप, साल्मो, माया र रविना) रहेक थिए । नेपालवाट आएका  अतिथि कलाकार रामवावु योञ्जनले आफ्ना  निकै चर्चित तामाङ राम्रा राम्रा गीतहरु पस्केर उपस्थित दर्शकहरुलाई निकै मनोरञ्जन दिन सफल भएका थिए ।  स्थानिय चर्चित गायकहरु कुन्साङ्ग वाईवा, विपिन लिम्वु (दर्शन नमस्ते), लोक गायक वावुराम परियाले लोक गीत गाएर दर्शकहरुलाई निकै मनोरञ्जन दिएका थिए भने उत्तर कुमारा लामा र लोक गायिका सावित्री गिरीले पनि निकै मिठो गीतहरु गाएका थिईन् । त्यसैगरी उपस्थित दर्शकहरुलाई नृत्य देखाउने कलाकारहरुमा “लाहुरे दाई खुकुरी भिरेको” भन्ने वोलको गीतमा  (सन्तोष र विना),“ लैवरी म्हेन्दो च्याट्टैमा” ( विनोद, अनिता, सन्तोष र संगीता), हेलम्वुको बजारमा” भन्नेका वोलको गीतमा उमेश, हरी र सन्तोष रहेका थिए । “कुन श्रृष्टीको परी हौ तिमीमा” (सुमन र विना ) “माया गरि किनिदिए ” (बलिन्द्र र अनिता) त्यसैगरी तामाङ भाषाको गीत “तेरतोर ल्हाला ह्री न्हाङरी” वोलमा  (संगीता लामा र रेली)को निकै आकार्षक रहेको थियो । “लाहुरे म त सोल्टिना” वोलको गीतमा विनोद र अनिता “नाचु नाचु लाग्यो मलाई”मा सरु लामाले नृत्य गरेकी थिईन् ।

अन्य अतिथिहरुमा नेपाल प्रवासी मगर समाजका अध्यक्ष भीम तरामु मगर, किराँत याक्थुम चुम्लुङ  अध्यक्ष लोकेन्द्र कुमार तुम्रोक, तमु बौद्ध सेवा समिति शाखाका अध्यक्ष विमल गुरुङ्ग, किराँत राई यायोख्खाका अध्यक्ष चन्द्र शेर राई, प्रवासी दराई समाजका अध्यक्ष ज्ञानेन्द्र दराई , प्रवासी भुजेल समाजका अध्यक्ष टंक भुजेल, सुनवार सेवा सामाजका अध्यक्ष राम वहादुर सुनवार, नेपाल एयरलाईन्सका कन्ट्रिमेनेजर विजय विक्रम शाह, एनआरएन एनसीसीका अध्यक्ष अमृत गुरुङ्ग, समाज सेवी धनमान तामाङ, फिल्म निर्देशक भविन्द्र तामाङ, लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु नेपलाी दाजुभाई तथा दिदीवहिरुल गायत विदेशी पाहनुहरुको निकै वाक्लो उपास्थिति रहेको थियो । औपचारिक कार्यक्रमको संचालन महासचिव माईला तामाङले गरेका थिए भने साँस्कृतिक कार्यक्रम प्रथम उपाध्यक्ष कुमार मोक्तान तामाङ र श्याम कुमार ग्लान तामाङले अत्यन्तै रोचक पूर्वक संचालन गरेका थिए ।

 
नेपाल मजदुर किसान पार्टीको ३८ औं स्थापना दिवस, रौतहट
Saturday, 21 January 2012 09:32

- prakash shrestha This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

रौतहट, ६ माघ । नेपाल मजदुर किसान पार्टीको ३८ औं स्थापना दिवसका अवसरमा पार्टी रौतहट जिल्ला समितिको आयोजनामा पार्टी केन्द्रीय समितिको मुखपत्र्र  मनदुर किसान अंक ३ बारे अन्तरक्रिया शुक्रबार शिवनगरमा सम्पन्न भयो ।अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सचिव एवं सभासद सुनिल प्रजापतिले नेपालको कम्युनिष्ट आन्दोलनलाई वामपन्थी र दक्षिणपन्थी अवसरवादबाट जोगाउनुपर्ने बताउँदै कम्युनिष्ट पार्टी भनाउँदाहरु अवसरवादी नीतिअनुसार अघि बढिरहेका छन् भन्नुभयो । स्थानीय निकायमा अर्को विकल्प नभई र निर्वाचन गर्ने हिम्मत नगरी माओवादी नेतृत्वको सरकारले भएको राजनीतिक संयन्त्र विघटन गर्नु बाँंदरे प्रवृति भएको उहाँले बताउनु भयो । नेमकिपाको स्थापना नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका गलत सिद्धान्त र प्रवृत्तिविरुद्ध भएको स्पष्ट पार्दै केन्द्रीय सचिव प्रजापतिले राजनीतिमा व्यक्ति नभई विचार महत्वपूर्ण हुन्छ भन्नुभयो । विचार नभएको पार्टी र कार्यकर्ता गोली नभएको बन्दुकसरह हुने बताउँदै उहाँले सिद्धान्त र विचार गोलीगठा र बन्दुकभन्दा शक्तिशाली हुने बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य जयबहादुर शाहीले वर्ग, वर्ग संघर्ष, शोषणको विरोध र समाजवाद स्थापनाको लक्ष्य विचार र लक्ष्य बोकेका व्यक्ति र पार्टीमात्र कम्युनिष्ट हुने बताउँदै सच्चा कम्युनिष्टहरु सदैव जनताको हितमा सक्तिय रहने बताउनुभयो । नेमकिपाले सधैं नै देश र जनताको हितलाई लक्ष्य बनाएकोले नेमकिपाका कार्यकर्ता कसैसित झुक्न पर्दैन भन्नुभयो । त्यस्तै नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सचिव प्रकाश श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनमा विदेशी पूँजीका दलालहरु सक्रिय रहेको बताउँदै विदेशीको हतियारले शक्ति आर्जन गरेका, विदेशी पैसाले चुनाव जितेकाहरुले विदेशी पूँजीको सेवा गर्नेबाहेक नेपाली जनताको हितमा कुनै कान नहुने स्पष्ट पार्नुभयो ।

पेट्रोलियम पदार्थको मूल्य कम पार्ने कयौं उपाय हुँदाहुँदै मूल्यवृद्धि गर्ने निर्णय गर्नु जनविरोधी कदम भएको बताउँदै ततकाल मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभयो । सभापतिको आशनबाट  नेमकिपा रौतहट जिल्ला समितिका कावा अध्यक्ष दिनेशप्रसाद साहले नेपालमा समाजवादी व्यवस्था अवश्यम्भावी भएको बताउँदै पूँजीवादी सञ्चार माध्यमहरुले पूँजीवादी व्यवस्था टिकाउन प्रचार गर्ने बताउनुभयो । कार्यक्रममा आायोजक समितिका सचिव बैद्यनाथप्रसाद चौधरी, कोषध्यक्ष लालबाबु चौधरी, सदस्य शेख अमिरुल हक, शिक्षक केदार यादव, दिपेन्द्र यादवलगायतले बोल्नुभएको थियो ।

 
पाँचखालमा खेलकुद सप्ताह, एस.एल.सि सम्मान तथा अन्तर विद्यालय नृत्य प्रतियोगिता
Monday, 06 February 2012 15:32

पाँचखाल, पाँचखाल भ्यालि संस्थागत विद्यालय एख्क्ष्क्इ द्वारा आयोजित अन्तर विद्यालय खेलकुद सप्ताह कार्यक्रम १६ गते समापन भएको छ । माघ १३, १४ र १५ गते अतिरिक्त क्रियाकलाप  उप–समितिका संयोजक नविन कुमार सापकोटाको संयोजकत्वमा संचालन भएको छ । उक्त खेलकुद सप्ताह कार्यक्रम जिल्ला खेलकुद विकास समिति काभ्रेका उपाध्यक्ष विकास श्रेष्ठले गर्नुभएको थियो । तीन दिनसम्म संचालित खेलहरुका समापन माघ १६ गते एब्द्यक्इल् काभ्रेका नवनिर्वाचित अध्यक्ष श्री दिलिप कुमार मुखियाको प्रमुख आतिथ्यता र भिसोका अध्यक्ष श्री रामणी सापकोटाको सभापतितवमा संपन्न भएको छ। उक्त कार्यक्रमको अवसर पारेर एख्क्ष्क्इ ले नयाँ कार्यक्रमको शुरुवात गरेको छ। जसमा भिसो मेधावी विद्यापदक तथा एख्क्ष्क्इ वाल प्रतिभा पुरस्कार कोषको ब्यवस्था गरेको छ । एख्क्ष्क्इ मेधावी विद्यापदकका लागि रु. १०००००।– को अक्षय कोष र वाल प्रतिभा पुरस्कारका लागि रु. ५०,०००।–को अक्षयकोष खडा गरेको छ । उक्त अक्षयकोष खडा गरेको छ । उक्त अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष एख्क्ष्क्इ अन्तरर्गतका सदस्य विद्यालयमा अध्ययनरत एस.एल.सि. परिक्षामा भिसोका सर्वाेत्कृष्ट एक छात्र तथा एक छात्रालाई भिसो विद्या पदक रु रुं ५०००।– नगद सहित सम्मान गरिनेछ । यस वर्ष उक्त भिसो मेधावी विद्या पदक नव प्रतिभा मा.वि.का छात्र श्री शुरेश श्रेष्ठ (९२.५%) र न्यू लिटिल स्टार मा.वि.की छात्रा श्री झरना नेपाल (८९.७५%) ले प्राप्त गरेका थिए । उक्त कार्यक्रममा एस.एल.सि. परीक्षा २०६७ मा काभ्रे जिल्ला टप तथा एख्क्ष्क्इ टप छात्र श्री शुरेश श्रेष्ठ र भिसो टप छात्रा झरना नेपाललाई एख्क्ष्क्इ विद्या पदक र नगद रु. ५०००।– सहित खादा तथा प्रमाण–पत्रद्वारा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा शुरेश श्रेष्ठका अभिभावक मड्डली श्रेष्ठ तथा झरनाकी अभिभावक कविता नेपाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भने टप गराउन सफल नव प्रतिभा मा.वि. तथा न्यू लिटिल स्टार मा.वि. का प्रिन्सिपल सरोज न्यौपाने तथा भुपाल दाहाललाई प्रशंशा पत्र तथा खादाद्वारा सम्मान गरिएको थियो । त्यसैगरी काभ्रे जिल्ला टप शुरेश श्रेष्ठलाई कृति कम्प्युटर एण्ड कम्युनिकेशन सेन्टर, पाँचखाल–६, का प्रोप्राईटर श्री निरन्जन अधिकारीले रु. २,०००।– नगद सहित ‘कृति एवार्ड–२०६७’ ले सम्मान गर्नुभयो । साथै वहाँले हरेक वर्ष पाँचखाल भ्याली टप हुने १ जना लाई प्रत्येक वर्ष यो एवार्ड प्रदान गर्ने घोषणा गर्नु भयो ।

खेलकुद सप्ताह कार्यक्रम २०६८ तथा अन्तर विद्यालय नृत्य प्रतियोगिता भिसोको अतिरिक्त क्रियाकलाप उप–समितिका संयोजक श्री नविन कुमार सापकोटाको संयोजकत्वमा संचालन भएको थियो । तीन दिने खेलकुद सप्ताह कार्यक्रममा प्रत्येक तहमा ओभरअल रिजल्टमा प्रथम, द्वितिय, तृतिय तथा चौंथो हुन सफल विद्यालयहरुलाई शिल्ड तथा प्रमाण–पत्र प्रदान गरिएको थियो । जस अन्तर्गत पूर्व प्रा.वि. तहमा प्रथम ज्ञान सरोवार स्कुल, द्वितिय ज्याम्दि इ. स्कुल, पाँचखाल भ्याली मा.वि. तथा ब्राईट प्mयुचर मा.वि., तृतिय प्रगति इ. स्कुल र चौंथोमा सरस्वती शिक्षा गृह, त्यसैगरी प्रा.वि. तहमा प्रथम सरस्वती शिक्षा गृह द्वितियमा गोल्डेन प्mयुचर उ.मा.मा., तृतिय इन्द्रेणी विद्या मन्दिर र चौंथोमा ज्ञान सरोवर इ. स्कुल र प्रगति इ. स्कुल, त्यसैगरी नि.मा.वि. तहमा प्रथम सरस्वती शिक्षा गृह, द्वितिय ब्राइट प्mयुचर अ.मा.वि., तृतिय गोल्डेन प्mयुचर उ.मा.वि. र चौंथोमा प्रगति इ. स्कुल, त्यसैगरी मा.वि. तहमा प्रथम गोल्डेन प्mयुचर उ.मा.वि. द्वितियमा न्यू लिटिलस्टार मा.वि., तृतिय पाँचखाल भ्याली मा.वि. र चौथोमा नव प्रतिभा मा.वि. र इन्द्रेणी विद्या मन्दिरले शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका थिए । समापन कार्यक्रमको दिन अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगिता भएको थियो जसमा प्रथम दिपशिखा इ. स्कुल, द्वितिय पाँचखाल भ्यालि मा.वि., तृतिय इन्द्रेणी विद्या मन्दिर र चौंथो धुर्वतारा ई. स्कुल भएका थिए । प्रथम, द्वितिय, तृतिय र चौंथो स्थान प्राप्त गर्न सफल विद्यालय तथा विद्यार्थीहरुलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि दिलिप कुमार मुखिया, विशिष्ट अतिथि जि.शि.का. काभ्रेकी वि.नि. यमुना पोखरेल, विशेष अतिथि विद्यासागर मा.वि.का प्राचार्य हिरा शर्मा नेपाल, सर्वमड्डला क्याम्पसका प्रमुख जयराम अधिकारी तथा आजाद उ.मा.वि. बालुवाका श्रोत व्यक्ति धनवहादुर बस्नेतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यसैगरी अतिथिहरु नेरेसो शाखा पाँचखलका अध्यक्ष वलराम पौड्याल, एन.डि.इ.पि.का प्रमुख मिनप्रसाद अधिकारी, दिपशिखा इ. स्कृलका वि.व्य.स अध्यक्ष गणेश पराजुली लगायतका ले शुभकामना मन्तव्य राखेका थिए । भ्ऋब् संयोजक नविन कुमार सापकोटाले यस्ता कार्यक्रमले विद्यार्थीहरुको सर्वाड्डिण विकास हुनुका साथै प्रतिभा प्रस्फुटन समेत हने जानकारी गराउनु भयो । कार्यक्रममा तिन दिने खेलकुद सप्ताह कार्यक्रममा निर्णयकको भुमिकामा रहनु भएका धनबहादुर बस्नेत, भुपाल बस्नेत, सुर्यमान तामाङ, रमेश सडौला, लालबहादुर क्षेत्री र दिपेन्द्र गौतमलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । त्यसै गरि कार्यक्रम अवधिभर सुरक्षा प्रदान गरि सहयोग गर्ने इलाका प्रहरी कार्यालय पाँचखाल, निर्णायकहरु उपलब्ध गराईदिने विरेन्द्र शान्ति तालिम केन्द्र, गोल्डेन प्mयुचर उ.मा.वि. त्यसैगरी कृति कम्प्युटर लगायतलाई मायाँको चिनो तथा प्रशंशा पत्र प्रदान गरिएको थियो । साथै तीन दिने खेलकुद सप्ताह कार्यक्रम संचालनमा विशेष सहयोग पु¥याउनु हुने भ्ऋब् संयोजक नविन कुमार सापकोटा सदस्यहरु छविरमण पराजुली, विष्णु दनुवार रामशरण विष्ट र श्याम पौड्याललाई प्रशंशा पत्र प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रममा अफिस ब्यवस्थापनमा विशेष सहयोग गर्नु हुने कार्य समिति सदस्य रामहरी पराजुली र न्यू लिटिलस्टार मा.वि.का शिक्षक मोहन श्रेष्ठलाई प्रशंशा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा भिसोका उपाध्यक्ष डि.वि. ऐडीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम नव प्रतिभा मा.वि. का प्रिन्सिपल एवं भिसो सचवि सरोज न्यौपानेले संचालन गर्नुभएको थियो ।

 
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सभासद सुनिल प्रजापति सिराहामा
Wednesday, 25 January 2012 11:38

सिराहा, १० माघ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सभासद सुनिल प्रजापतिले ठूला दलका नेताहरुमा बढ्दै गएको परनिर्भरता र संविधान निर्माणतर्फको बेवास्ताले देशमा विदेशीको हितमा विदेशीले नै संविधान बनाईदिने स्थिति बन्दै गएको बताउनुभएको छ ।केन्द्रीय सचिव प्रजापतिले उक्त विचार ३८ औं पार्टी स्थापना दिवसका अवसरमा नेमकिपा सिराहा जिल्ला समितिद्धारा सिराहाको ठाडीबजारमा आयोजित कार्यकर्ता भेलामा ब्यक्त गर्नुभएको हो ।ठूला दलका नेताहरु जनभावनाबारे गम्भीर भएनन् भने देशमा संविधान बन्ने संभावना अत्यन्त न्यून भएको बताउँदै उहाँले समयमा संविधान नबनेमा देशको स्थिति थप जटिल बन्नेछ भन्नुभयो ।समयमै संविधान बनाउन नेमकिपाले गर्नुपर्ने सम्पूर्ण कार्य गरेको स्पष्ट पार्दै सभासद् प्रजापतिले जनभावना र जनआकांक्षा अनुकूलको समाजवादउन्मुख संविधान बन्नुपर्ने नेमकिपाको जोड रहेको छ भन्नुभयो ।स्थानीय निकायलाई जनप्रतिनिधिािहीन अवस्थामा राख्नु प्रजातन्त्रको मूल्य र मान्यताविपरीत भएको प्रष्ट पार्दै उहाँले अहिलेको तीनदलीय तानाशाही निरंकुश राजतन्त्रभन्दा तात्विक भिन्न छैन भन्नुभयो ।तराईमा किसान आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड र्दिदै नेता प्रजापतिले किसान आन्दोलन विना बहुमत किसानहरको हितमा कुनै काम नहुने बताउनुभयो ।राजनीतिलाई व्यापारीकरण र आपारधिकरण गनेृ पूँजीवादी पार्टीहरुको कर्तुतका कारण सिंगो राजनीतिकै बदनाम भएको बताउँदै उहाँले पूँजीवादी व्यवस्था पैसा, बल र जालसाझीका आधारमा चुनाव जित्ने र शोषणमा आधारित व्यवस्था हो भन्नुभयो ।

पार्टीको इज्जत र प्रतिष्ठा पार्टी कार्यकर्ताहरुको क्रियााकलापमा निर्भर हुने बताउँदै उहाँले पार्टी ठूलो बन्नुभन्दा पनि असल र सिद्धान्तनिष्ठ हुनु महत्वपूर्ण छ भन्नुभयो । नेमकिपाका केन्द्रीय सदस्य जयबहादुर शाहीले शोषक र शोषितको भेद समाजवादी व्यवस्थाले मात्र अन्त्य गर्ने बताउँदै समाजवादी गणतनत्रको निम्ति संघर्ष गर्नुको विकल्प छैन भन्नुभयो । संघर्ष नगरी मुक्ति नपाइने चर्चा गर्दै नेता शाहीले देशको कुनै पनि भागमा भइरहेको अन्याय, अत्याचार, भ्रष्टाचार र अनियमितताको विरुद्ध निरन्तर संघर्ष गर्दै जानुपर्नेमा जोड दिनुभयो ।तराईका बहुसंख्यक जनताको समस्या किसान समस्या भएको बताउँदै उहाँले क्रान्तिकारी भूमिसुधार नभएसम्म किसान समस्या समाधान हुँदैन भन्नुभयो । नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सचिव प्रकाशले नेमकिपाको स्थापना कामदार वर्गका जनतालाई शासक वर्गको रुपमा उठाउन भएको बताउँदै नेमकिपाले खेतखलिहानदेखि सडक र सदन जहाँ पनि बहुमत कामदार वर्गको हितमा संघर्ष गर्दै आएको चर्चा गर्नुभयो ।
देशको सार्वभौमसत्ता र भूअखण्डता इतिहासमै सबभन्दा बढी खतराको स्थितिमा पुगेको र सरकारको नवउदावादी नीतिले गर्दा देश विदेशी पूँजीको उपनिवेश बनेको प्रष्ट पार्दै उहाँले त्यसका विरुद्ध आन्दोलित हुनुपर्नेमा जोड दिनुभयो ।आसन्न नेक्रायुसंघको पाँचौं राष्ट्रिय सम्मेलन सम्पूर्ण देशभक्त र क्रान्तिकारी युवाहरुको प्रतिनिधित्व भएको बताउँदै त्यसलाई सफल पार्न सबैसित अपिल गर्नुभयो । नेमकिपा सिराहा जिल्ला समितिका अध्यक्ष विजय महतोले शोषित जनता सचेत र संगठित भइ अगाडि नबढेसम्म समाजको परिवर्तन हुन नसक्ने औंल्याउँदै वर्गीय एकता र वर्ग संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो । नेमकिपा सिराहाका सदस्य श्रीलाल पासवानको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टी जिल्ला समितिका रामाशिष महतो, नेपाल क्रान्तिकारी मजदुर संघ सिराहाका अध्यक्ष रामदयाल पासवान, स्थानीय शिक्षक रामचन्द्र शाहलगायतले पनि बोल्नुभएको थियो ।

 
औषधी सहयोग
Monday, 23 January 2012 15:03

कोशिपारी ÷ परोपकार प्राथमिक उपचार केन्द्र (पिपियुके)ले काभ्रेको ग्रामिण भेगका ६ उपस्वाथ्य चौकीलाई औषधी वितरण गरेको छ । ग्लोवल रिसोर्स सर्भिसेज नामक अमेरिकन संस्थाले उपलव्ध गराएको औषधी केन्द्रले कोशिपारी क्षेत्रका मादनकुँडारी, चौवास। गोठपानी, धुसेनीसिवालय, पोखरीचौरी र कात्तिकेदेउराली उपस्वाश्थ्य चौकीलाई वितरण गरेको हो ।

ग्लोवल रिसोर्स सर्भिसेजका नेपाल प्रतिनिधी माणिक लामा, पिपयुकेका सल्लाहकार डा. संग्राम लामा र अध्यक्ष सोनी लामाले उपस्वास्थ चौकीका ईञ्चार्जलाई ती औषधी वितरण गरेका थिए । नेपाल प्रतिनिधी लामाले ग्रामिण भेगका जनताले पनि गुणस्तरीय स्वाश्थ्य सेवा प्राप्त गरुन् भनेर औषधी सहयोग गरेको बताए ।

सल्लाहकार डा. संग्राम लामाले आफ्नो जन्मभुमिको लागि सहयोग गर्न आफु सदा तत्पर र उत्साहित भएको बताए । अध्यक्ष सोनी लामाले आफ्नो सस्थाले ग्रामिण भेगमा सधैँ यस्तै खालको सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन् । माादनकुँडारी उपस्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष झम्कबहादुर गौतम र ईञ्चार्ज तेज बहादुर घिसिङले सहयोगपं्रति आभार प्रकट गरे । २०४८ सालमा स्थापना भएको पिपियुकेले शिक्षा, स्वास्थ्य, ग्रामिण खानेपानी, सामाजिक विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

 
नेपाल खेलकूद महासंघको प्रथम जिल्ला सम्मेलन सम्पन्न
Friday, 20 January 2012 08:49

बनेपा÷माघ ६ गते,
नेपाल खेलकूद महासंघ जिल्ला शाखा काभ्रेको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रवार बनेपा नगरपालिका हलमा भएको सम्मेलनको महासंघका केन्द्रिय महासचिव लक्ष्मण श्रेष्ठले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले खेलकूदले सबै क्षेत्रलाई समेट्ने भएकोले यसको विकासको लागि सबैजना लाग्नुपर्ने बताए ।

महासंघका जिल्ला अध्यक्ष रघुबर चौ प्रधानको सभापतित्वमा सम्पन्न सम्मेलनमा जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष कुमार थापा, महासंघका केन्द्रिय सदस्य बद्रि अधिकारी, प्याब्सन काभ्रेका अध्यक्ष दिलिपकुमार मुखिया, क्यान काभ्रेका पूर्व अध्यक्ष मनोजकुमार न्यौपाने, धर्मकुमार श्रेष्ठ, हरि मैनाली, दानबहादुर बादे, सचितानन्द के.सी., त्रिचोलन घिमिरे, सौरभरा कायस्थ लगायतले मन्तव्य राखेका थिए ।

प्रथम जिल्ला सम्मेलनले खेलकूद महासंघको नयाँ जिल्ला समिति गठन गरेको छ । जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका रघुवर चौ प्रधानको अध्यक्षतामा गठित २१ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा दिलिपकुमार मुखिया, सचिव माधवराज मैनाली, उपसचिव विक्रम प्रजापति, कोषाध्यक्ष हरिशरण सूर्यवंशी र सहकोषाध्यक्ष अनिल बादे रहेका छन् । त्यस्तै सदस्यहरुमा किशोर बरुण, सुनिता ब्लोन, जितेन्द्र श्रेष्ठ, त्रिलोचन घिमिरे, वन्द बहादुर राणा, श्रीकृष्ण नापित, सुनिल तामाङ्, रविन मानन्धर, फिरोज शाक्य, पुष्पराज कर्माचार्य, श्याम मानन्धर, अशोक श्रेष्ठ, प्रल्हाद अधिकारी, खेमबहादुर खत्री र देवराज बञ्जारा रहेका छन् । बाँकी ४ सदस्य र सल्लाहकार समिति पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष रघुबर चौ प्रधानले बताए ।

जिल्लामा खेलकूद गतिविधि बढाउने, खेलकूद क्षेत्रमा देखिएका समस्याहरु पहिचान गरी समाधान गर्ने, खेलकूद सामग्रीको अभाव तथा भोको पेट र नाङ्गो खुट्टाको भरमा खेलक्षेत्रमा लाग्नुपर्ने स्थितिको अन्त्यका लागि प्रभावकारी कदमहरु चालिने नव निर्वाचित अध्यक्ष प्रधानले बताए । दुई बर्ष अघि गठन गरिएको नेपाल खेलकूद महासंघको जिल्ला शाखाहरु गठन गर्ने क्रममा शुक्रवार गठन भएको काभ्रे जिल्ला शाखा ४४ औं शाखा हो । यस अघि ४३ जिल्लामा शाखाहरु गठन भइसकेका छन् भने बाँकी जिल्लाहरुमा पनि तत्काल गठन गरिने केन्द्रिय महासचिव लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 88

सुचना

सुचना

नेपाल पत्रकार महासंका सदस्य रमेश चालिसेको
उपचारको लागि महासंघका सदस्यहरु प्रति सदस्य
एक सय सहयोग गर्ने निर्णय अनुसार महासंघको
राष्ट्रिय बाणिज्य बैंकको खाता नं.७२०२ जम्मा गरीदिनु हुन
महांसघ तपाई संग अनुरोध गर्दछ ।
सचिव
मोतिराम तिमल्सिना
९८५१०५७७५३

Photo Gallery

Model Gallery

Press Release

Madan Bhandari Sports Academy

Press Release -2068/01/26

Load Shedding Schedule

Download Load Shedding Schedule

Advertisement



(Space for Advertisement)

Advertisement