|
Tuesday, 24 January 2012 13:44 |
|
- प्रेम स्याङतान तामाङ
दोहा कतार , “राष्ट्रब्यापी मनाऔ ल्होछार पर्व, नेपाली भनी गरौ गर्व” भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज दोहा कतारले २८४८ औं डुक( ड्राईगन) सोनम ल्होछार पर्व जनवरी २० तारिख शुक्रवारका दिन गल्फ प्याराडाइज होटलमा भब्यताका साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष शंख लाल तामाङको अध्यक्षतामा सम्पन्न भएको ल्होछार कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दूतावासका राजदूत डा. सूर्य नाथ मिश्र रहेका थिए । प्रमुख धर्मगुरु थर्च लामा विशेष अतिथिमा नेपाल प्रवासी आदीवासी जनजाती महासंघ कतारका अध्यक्ष मान वहादुर साँवा लिम्वु रहेका थिए । द्धितियि उपाध्यक्ष रमि तामाङले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तब्य दिईएकी थिईन् । उपस्थित सम्पूर्णले अतिथिहरुले नेपालको राष्ट्रिय गान गाए पछि प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुवाट दिप प्रज्वलन गरि वुद्धको प्रतिमामा खादा अर्पण गरि कार्यक्रममको समुदघाटन गरिएको थियो ।

त्यसपछि तामाङ जातीको कला, साँस्कृति झल्कने खालका झाँकीहरु लामा गुरु, डम्फुरेहरु, वोन्वो झाँकी, सोली वोक्ने, सगुन पोङ, बुद्धको झण्डा र नेपाली झण्डा वोकेर झाँकी प्रदर्शन गरिएको थियो । विदेशीहरुले पनि निकै उत्साहजनक रुपमा अवलोकन गरिएका थियो । नेपाल प्रवासी तामाङ समाजका सहकोषाध्यक्ष तथा ल्होछार कार्यक्रमका संयोजक रोशन दोङ्ग तामाङले कार्यक्रमको वारेमा छोटो जानकारी गराईएका थिए । नेपाली राजदूतावसका राजदूत डा. सुर्यनाथ मिश्रको ४ वर्षे कार्यकाल अत्यन्तै सफल रहेको उपलक्ष्यमा र कार्यकाल समाप्त भएर नेपाल फिर्ति हुन लागेको अवसरमा तामाङ समाजले सोही ल्होछार कार्यक्रममा विशेष अतिथि नेपाल आदीवासी जनजाती महासंघ कतारका अध्यक्षद्धारा सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो भने प्रमुख सल्लाहकार शुक वहादुर तामाङ ले खादा ओढाई सम्मान गरेका थिए भने सभापति शंख लाल तामाङद्धारा तामाङ पोशाका लगाई दिएर सम्मान गरेका थिए । लामा गुरु थर्च लामाद्धारा तामाङ जातीहरुको (नयाँ वर्ष) ल्होछारको वारेमा उपस्थित सम्पूर्णलाई जानकारी गराईएका थिए । ल्होछारको शुभकामना मन्तब्य दिनेहरुमा नेपाल प्रवासी मुस्लिम सेवा समाजका अध्यक्ष माकसुद आलाम, ब्यवसायी तथा समाजसेवी वद्री प्रसाद पाण्डे, मातृसंस्थाहरुको तर्फवाट थारुकल्याणकारी समाजका अध्यक्ष ई. विद्यानन्द चौधरी ,ब्यवसायी तथा समाजसेवी राजिव डंगोल, नेपाल प्रवासी तामाङ समाजका प्रमुख सल्लाहका सुक वहादुर तामाङ, विशेष अतिथि नेपाल आदीवासी जनजाती महासंघ कतारका अध्यक्ष मान वहादुर साँवा लिम्वु, तामाङ जातीहरुको नयाँ वर्ष ल्होछारको अवसरमा सम्पूर्णलाई तामाङ दाजुभाई तथा दिदीवहिनीहरुको आउँदो दिनहरुमा सफलता र प्रगतिको शुभकामना दिएका थिए ।

प्रमुख अतिथि नपाली राजदूतावासका राजदूत डा. सूर्यनाथ मिश्रले ल्होछारको शुभकामना दिंदै भने कतारमा क्रियाशिल संस्था मध्य नेपाल प्रवासी तामाङ समाज पनि एक हो । विदेशमा रहेर पनि आफ्नो जातीको कला, संस्कृति, धर्म जोगाउने कार्यमा निकै सकृय भएर निरन्तर लागिएकोमा सवै नेपाल प्रवासी तामाङ समाजका दाजुभाई तथा दिदीवहिनीहरुलाई नेपाली नियोगको तर्फवाट तथा ब्यक्तिगत तर्फवाट यस ल्होछार नयाँ वर्षले सवैमा सुख शान्ति र प्रगतिको शुभकामना दिए । नियोग भनेको मुलुक र मुलुकवासीको हक हितको लागि खोलिएको हो । सम्पूर्ण नेपालीहरुले नयाँ आउने नियोग प्रमुखलाई पूर्ण निष्ठका साथ सल्लाह सहयोग गर्न पनि अनुरोध गरे । हाम्रो राष्ट्रमा उत्पादनको पर्याप्त मात्रमा सम्भावना छ तर लगानी गर्न नसक्नुका कारण राजनितिक अवस्थाका कारणले गर्दा अहिले देशको यो अवस्था सृजना भएको बताए । सभापति शंखलाल तामाङले उपस्थित प्रमुख अतिथि विशेष अतिथि र अतिथिहरुलाई २८४८ औं डुक सोनम ल्होछारको शुभकामन मन्तब्य पछि औपाचारिक कार्यक्रमको समापन भएको घोषण गरि दोस्रो साँस्कृतिक कार्यक्रम शुरु गरिएको थियो । सुजन गोले तामाङर श्याम ग्लान तामाङको स्वरमा तामाङ नृत्य सहितको स्वागत गीत (फयाफुल्ला होई फयाफुल्ला )मा कलाकारहरु विनोद, सन्तोष, कमान, सुमन, बलेन्द्र, अनिता, संगीता, रेली, विना आदी कलाकाहरुको नृत्य सहित अतिथिहलरुलाई स्वागत गर्दा अतिथिहरुले तालिले निकै साथ दिएको थियो । त्यसै गरी तामाङ जातीका आफ्नै मौलिक झल्कने खालका परम्परा गीतम म्हेन्दोमाया को वोलमा नृत्य गर्ने कलाकारहरुमा (मोहन प्रकाश, प्रदीप, साल्मो, माया र रविना) रहेक थिए । नेपालवाट आएका अतिथि कलाकार रामवावु योञ्जनले आफ्ना निकै चर्चित तामाङ राम्रा राम्रा गीतहरु पस्केर उपस्थित दर्शकहरुलाई निकै मनोरञ्जन दिन सफल भएका थिए । स्थानिय चर्चित गायकहरु कुन्साङ्ग वाईवा, विपिन लिम्वु (दर्शन नमस्ते), लोक गायक वावुराम परियाले लोक गीत गाएर दर्शकहरुलाई निकै मनोरञ्जन दिएका थिए भने उत्तर कुमारा लामा र लोक गायिका सावित्री गिरीले पनि निकै मिठो गीतहरु गाएका थिईन् । त्यसैगरी उपस्थित दर्शकहरुलाई नृत्य देखाउने कलाकारहरुमा “लाहुरे दाई खुकुरी भिरेको” भन्ने वोलको गीतमा (सन्तोष र विना),“ लैवरी म्हेन्दो च्याट्टैमा” ( विनोद, अनिता, सन्तोष र संगीता), हेलम्वुको बजारमा” भन्नेका वोलको गीतमा उमेश, हरी र सन्तोष रहेका थिए । “कुन श्रृष्टीको परी हौ तिमीमा” (सुमन र विना ) “माया गरि किनिदिए ” (बलिन्द्र र अनिता) त्यसैगरी तामाङ भाषाको गीत “तेरतोर ल्हाला ह्री न्हाङरी” वोलमा (संगीता लामा र रेली)को निकै आकार्षक रहेको थियो । “लाहुरे म त सोल्टिना” वोलको गीतमा विनोद र अनिता “नाचु नाचु लाग्यो मलाई”मा सरु लामाले नृत्य गरेकी थिईन् । अन्य अतिथिहरुमा नेपाल प्रवासी मगर समाजका अध्यक्ष भीम तरामु मगर, किराँत याक्थुम चुम्लुङ अध्यक्ष लोकेन्द्र कुमार तुम्रोक, तमु बौद्ध सेवा समिति शाखाका अध्यक्ष विमल गुरुङ्ग, किराँत राई यायोख्खाका अध्यक्ष चन्द्र शेर राई, प्रवासी दराई समाजका अध्यक्ष ज्ञानेन्द्र दराई , प्रवासी भुजेल समाजका अध्यक्ष टंक भुजेल, सुनवार सेवा सामाजका अध्यक्ष राम वहादुर सुनवार, नेपाल एयरलाईन्सका कन्ट्रिमेनेजर विजय विक्रम शाह, एनआरएन एनसीसीका अध्यक्ष अमृत गुरुङ्ग, समाज सेवी धनमान तामाङ, फिल्म निर्देशक भविन्द्र तामाङ, लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु नेपलाी दाजुभाई तथा दिदीवहिरुल गायत विदेशी पाहनुहरुको निकै वाक्लो उपास्थिति रहेको थियो । औपचारिक कार्यक्रमको संचालन महासचिव माईला तामाङले गरेका थिए भने साँस्कृतिक कार्यक्रम प्रथम उपाध्यक्ष कुमार मोक्तान तामाङ र श्याम कुमार ग्लान तामाङले अत्यन्तै रोचक पूर्वक संचालन गरेका थिए ।
|
|
Saturday, 21 January 2012 09:32 |
|
- prakash shrestha
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
रौतहट, ६ माघ । नेपाल मजदुर किसान पार्टीको ३८ औं स्थापना दिवसका अवसरमा पार्टी रौतहट जिल्ला समितिको आयोजनामा पार्टी केन्द्रीय समितिको मुखपत्र्र मनदुर किसान अंक ३ बारे अन्तरक्रिया शुक्रबार शिवनगरमा सम्पन्न भयो ।अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सचिव एवं सभासद सुनिल प्रजापतिले नेपालको कम्युनिष्ट आन्दोलनलाई वामपन्थी र दक्षिणपन्थी अवसरवादबाट जोगाउनुपर्ने बताउँदै कम्युनिष्ट पार्टी भनाउँदाहरु अवसरवादी नीतिअनुसार अघि बढिरहेका छन् भन्नुभयो । स्थानीय निकायमा अर्को विकल्प नभई र निर्वाचन गर्ने हिम्मत नगरी माओवादी नेतृत्वको सरकारले भएको राजनीतिक संयन्त्र विघटन गर्नु बाँंदरे प्रवृति भएको उहाँले बताउनु भयो । नेमकिपाको स्थापना नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका गलत सिद्धान्त र प्रवृत्तिविरुद्ध भएको स्पष्ट पार्दै केन्द्रीय सचिव प्रजापतिले राजनीतिमा व्यक्ति नभई विचार महत्वपूर्ण हुन्छ भन्नुभयो । विचार नभएको पार्टी र कार्यकर्ता गोली नभएको बन्दुकसरह हुने बताउँदै उहाँले सिद्धान्त र विचार गोलीगठा र बन्दुकभन्दा शक्तिशाली हुने बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य जयबहादुर शाहीले वर्ग, वर्ग संघर्ष, शोषणको विरोध र समाजवाद स्थापनाको लक्ष्य विचार र लक्ष्य बोकेका व्यक्ति र पार्टीमात्र कम्युनिष्ट हुने बताउँदै सच्चा कम्युनिष्टहरु सदैव जनताको हितमा सक्तिय रहने बताउनुभयो । नेमकिपाले सधैं नै देश र जनताको हितलाई लक्ष्य बनाएकोले नेमकिपाका कार्यकर्ता कसैसित झुक्न पर्दैन भन्नुभयो । त्यस्तै नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सचिव प्रकाश श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनमा विदेशी पूँजीका दलालहरु सक्रिय रहेको बताउँदै विदेशीको हतियारले शक्ति आर्जन गरेका, विदेशी पैसाले चुनाव जितेकाहरुले विदेशी पूँजीको सेवा गर्नेबाहेक नेपाली जनताको हितमा कुनै कान नहुने स्पष्ट पार्नुभयो ।

पेट्रोलियम पदार्थको मूल्य कम पार्ने कयौं उपाय हुँदाहुँदै मूल्यवृद्धि गर्ने निर्णय गर्नु जनविरोधी कदम भएको बताउँदै ततकाल मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभयो । सभापतिको आशनबाट नेमकिपा रौतहट जिल्ला समितिका कावा अध्यक्ष दिनेशप्रसाद साहले नेपालमा समाजवादी व्यवस्था अवश्यम्भावी भएको बताउँदै पूँजीवादी सञ्चार माध्यमहरुले पूँजीवादी व्यवस्था टिकाउन प्रचार गर्ने बताउनुभयो । कार्यक्रममा आायोजक समितिका सचिव बैद्यनाथप्रसाद चौधरी, कोषध्यक्ष लालबाबु चौधरी, सदस्य शेख अमिरुल हक, शिक्षक केदार यादव, दिपेन्द्र यादवलगायतले बोल्नुभएको थियो ।
|
|
Monday, 16 January 2012 14:45 |
|
धुलिखेल÷एक सवारी साधन चिप्लिएर सडकबाट एक सय मिटर तला खस्दा नेपाली कांग्रेसका काभ्रेका सचिव शंखवुद्ध लामासहित छ जना घाइते भएका छन् । ल्होछारको अवसरमा काभ्रेको भीमखोरीमा आयोजित कार्यक्रममा जान लागेका लामासहित चढेको बा ३ च ३७२४ नम्बरको सानो गाडी आइतबार वीपी राजमार्गको पातलेखेत गाविसको वेलामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको गम्भीर भीमखोरी गाविस–८ का छेवाङ लामा र पाल्तेन लामा तथा चापाखोरीका निर्मल लामालाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । छेवाङ र पाल्तेनका बुबा पेमा लामा तथा चालक सुवास तामाङको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । उक्त सवारी साधन सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
|
|
Saturday, 14 January 2012 18:24 |
|
भीम गौतम आइतबार मात्र कोशीदेखा गाविसस्थित कोशीदेखा माध्यामिक विद्यालयका शिक्षक कृष्णकुमार थपलियासँग सोही गाविस– ७ का दामोदर पाठकसँग हाँसीखुशी टेलिफोनमा कुरा भएको थियो ।

पाठककी ७० बर्षीया आमा यमुनादेवी पाठकले छिमेकी एवं शिक्षक थपलियासँग आफ्नो घरको दलिन भाँचिएको र झिँगटीको छाना पनि बिग्रने अवस्थामा रहेकोले जस्ता हाल्नुपर्ने अवस्था आएको छोरालाई बताईदिन आग्रह गरेकी थिइन् । उनले पनि दामोदरलाई आमाले भनेको कुरा बताएका थिए । त्यसपछि उनले आफू एक महिनाभित्र नेपाल फर्केर घर आउने र थोत्रो घर मर्मत गरेर नयाँ बनाउने बताएका थिए । त्यसपछि एक्लै कोशीदेखामा बस्दै आएकी दामोदरकी आमा खुशीले गद्गद् भएकी थिइ्न । ती ७० बर्षीया वृद्धाको खुशी दुई दिनसम्म पनि टिकेन र काभ्रेको कोशीदेखा गाउँमा रहेको पुरानो घरलाई मर्मत गरेर नयाँ बनाउने दामोदरको इच्छा पनि अधुरै रह्यो । अमेरिकाको जर्जिया राज्यको एटलान्टास्थित डेकलाब काउन्टीको वीपी ग्याँस काउण्टरमा कार्यरत ३९ बर्षीय तीनै दामोदरको सोमबार राती ११ बजे अपराधीको आक्रमणबाट निधन भएपछि ७० बर्षीया वृद्धको नयाँ घर हेर्ने र दामोदरको मर्मत गरेर नयाँ घर बनाउने इच्छा अधुरै रहेको हो । गाउँका एक होनहार युवाको निधनसँगै अहिले गाउँ पुरै शोकाकुल बनेको छ । दामोदरका परिवार र आफन्तमाझ रुवावासी चलेको छ । ‘अहिले गाउँ पुरै शोकमा डुबेको छ, अमेरिकामा पुगेर दामोदरको मृत्युको खबरले सबैमा रुवावासी भएको छ, सबैले दामोदरलाई सम्झिरहेका छन् ।’–उनका शिक्षक समेत रहेका स्थानीय कोशीदेखा माविका शिक्षक गोविन्द थपलियाले भने । पहिला रोजगारीका लागि काठमाण्डौ बसेका र चार बर्ष अघि अमेरिका पुगेका दामोदर मिलनसार व्यक्ति थिए । उनी घरमा आउँदा समेत गाउँमा सबै घरमा पसेर सन्चोविसन्चो सोध्ने र भेटघाट गर्ने गर्दथे । त्यसकारण उनी गाउँका सबैका प्रिय व्यक्तिभित्र पर्दथे । ‘घरमा आउँदा सबैलाई भेट्ने र बुढापाकादेखि अहिलेका युवाले समेत सजिलै चिन्ने दामोदरको निधनले सबै शोकमा डुबेका छन् तर ७० बर्षीया आमाले हामीले त्यो खबर सुनाउन सकेका छैनौ ।’–शिक्षक थपलियाले भने ।
|
|
|
Monday, 23 January 2012 15:03 |
|
कोशिपारी ÷ परोपकार प्राथमिक उपचार केन्द्र (पिपियुके)ले काभ्रेको ग्रामिण भेगका ६ उपस्वाथ्य चौकीलाई औषधी वितरण गरेको छ । ग्लोवल रिसोर्स सर्भिसेज नामक अमेरिकन संस्थाले उपलव्ध गराएको औषधी केन्द्रले कोशिपारी क्षेत्रका मादनकुँडारी, चौवास। गोठपानी, धुसेनीसिवालय, पोखरीचौरी र कात्तिकेदेउराली उपस्वाश्थ्य चौकीलाई वितरण गरेको हो ।

ग्लोवल रिसोर्स सर्भिसेजका नेपाल प्रतिनिधी माणिक लामा, पिपयुकेका सल्लाहकार डा. संग्राम लामा र अध्यक्ष सोनी लामाले उपस्वास्थ चौकीका ईञ्चार्जलाई ती औषधी वितरण गरेका थिए । नेपाल प्रतिनिधी लामाले ग्रामिण भेगका जनताले पनि गुणस्तरीय स्वाश्थ्य सेवा प्राप्त गरुन् भनेर औषधी सहयोग गरेको बताए ।

सल्लाहकार डा. संग्राम लामाले आफ्नो जन्मभुमिको लागि सहयोग गर्न आफु सदा तत्पर र उत्साहित भएको बताए । अध्यक्ष सोनी लामाले आफ्नो सस्थाले ग्रामिण भेगमा सधैँ यस्तै खालको सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन् । माादनकुँडारी उपस्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष झम्कबहादुर गौतम र ईञ्चार्ज तेज बहादुर घिसिङले सहयोगपं्रति आभार प्रकट गरे । २०४८ सालमा स्थापना भएको पिपियुकेले शिक्षा, स्वास्थ्य, ग्रामिण खानेपानी, सामाजिक विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
|
|
Friday, 20 January 2012 08:49 |
|
बनेपा÷माघ ६ गते, नेपाल खेलकूद महासंघ जिल्ला शाखा काभ्रेको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रवार बनेपा नगरपालिका हलमा भएको सम्मेलनको महासंघका केन्द्रिय महासचिव लक्ष्मण श्रेष्ठले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले खेलकूदले सबै क्षेत्रलाई समेट्ने भएकोले यसको विकासको लागि सबैजना लाग्नुपर्ने बताए ।

महासंघका जिल्ला अध्यक्ष रघुबर चौ प्रधानको सभापतित्वमा सम्पन्न सम्मेलनमा जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष कुमार थापा, महासंघका केन्द्रिय सदस्य बद्रि अधिकारी, प्याब्सन काभ्रेका अध्यक्ष दिलिपकुमार मुखिया, क्यान काभ्रेका पूर्व अध्यक्ष मनोजकुमार न्यौपाने, धर्मकुमार श्रेष्ठ, हरि मैनाली, दानबहादुर बादे, सचितानन्द के.सी., त्रिचोलन घिमिरे, सौरभरा कायस्थ लगायतले मन्तव्य राखेका थिए ।

प्रथम जिल्ला सम्मेलनले खेलकूद महासंघको नयाँ जिल्ला समिति गठन गरेको छ । जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका रघुवर चौ प्रधानको अध्यक्षतामा गठित २१ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा दिलिपकुमार मुखिया, सचिव माधवराज मैनाली, उपसचिव विक्रम प्रजापति, कोषाध्यक्ष हरिशरण सूर्यवंशी र सहकोषाध्यक्ष अनिल बादे रहेका छन् । त्यस्तै सदस्यहरुमा किशोर बरुण, सुनिता ब्लोन, जितेन्द्र श्रेष्ठ, त्रिलोचन घिमिरे, वन्द बहादुर राणा, श्रीकृष्ण नापित, सुनिल तामाङ्, रविन मानन्धर, फिरोज शाक्य, पुष्पराज कर्माचार्य, श्याम मानन्धर, अशोक श्रेष्ठ, प्रल्हाद अधिकारी, खेमबहादुर खत्री र देवराज बञ्जारा रहेका छन् । बाँकी ४ सदस्य र सल्लाहकार समिति पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष रघुबर चौ प्रधानले बताए ।

जिल्लामा खेलकूद गतिविधि बढाउने, खेलकूद क्षेत्रमा देखिएका समस्याहरु पहिचान गरी समाधान गर्ने, खेलकूद सामग्रीको अभाव तथा भोको पेट र नाङ्गो खुट्टाको भरमा खेलक्षेत्रमा लाग्नुपर्ने स्थितिको अन्त्यका लागि प्रभावकारी कदमहरु चालिने नव निर्वाचित अध्यक्ष प्रधानले बताए । दुई बर्ष अघि गठन गरिएको नेपाल खेलकूद महासंघको जिल्ला शाखाहरु गठन गर्ने क्रममा शुक्रवार गठन भएको काभ्रे जिल्ला शाखा ४४ औं शाखा हो । यस अघि ४३ जिल्लामा शाखाहरु गठन भइसकेका छन् भने बाँकी जिल्लाहरुमा पनि तत्काल गठन गरिने केन्द्रिय महासचिव लक्ष्मण श्रेष्ठले जानकारी दिए ।
|
|
Saturday, 14 January 2012 18:28 |
|
बनेपा÷ राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा पुनः राजतन्त्रको पुर्नस्थापना हुन सक्ने दाबी गरेका छन् । शनिबार काभ्रेको बनेपामा राप्रपा बाग्मती अञ्चल सम्मेलनपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ संविधान नबनिसकेको अवस्थामा र राजतन्त्र पाखा पनि नलागिसकेको अवस्थामा नेपालको भुराजनीति अवस्था, सामाजिक परिवेश, राजनीतिक पृष्ठभुमि र पाँच बर्षको देशको अभ्यास र घटनाक्रमले राजासहितको प्रजातन्त्रको सान्र्दभिकता अझ बढेको बताए । ‘अहिले प्राविधिक र संवैधानिक रुपमा राजतन्त्रलाई पाखा लगाइएको छ, नयाँ संविधान बनिसकेको छैन, अब के राख्ने भन्ने विवाद छ, यसकारण राजतन्त्र राख्नका लागि पनि देशमा खुल्ला छ, यसलाई पाखा लगाउने काम पनि अस्थायी र अन्तरिम छ, यसकारण पछिल्लो राजनीतिक घटनाक्रम, धार्मिक, सामाजिक परिवेशले मलाई पुनः राजतन्त्र ब्यूझिन्छ जस्तो लाग्छ ।’–उनले भने ।

पछिल्लो समयमा राजसंस्थाप्रति जनताको आस्था र विश्वास बढ्दै गएको उनको तर्क थियो । शान्ति प्रकृया गर्ने बेलामै त्रृटि भएकोले शान्ति प्रकृया टुंगोमा पुग्न नसक्ने उनको भनाई थियो । शान्ति सम्झौता हुँदा हिंसा परित्यागको घोषणा नगरिएको तथा राज्यले नै दुई बन्दुक र दुई सेनाको अस्तित्वलाई संवैधानिक मान्यता दिई गलत कार्य गरेकोले अहिले शान्ति प्रकृयामा थप जटिलता थपिएको थापाले बताए । विद्रोहीले हिंसाको मानसिक त्याग गर्नुपर्नेमा शान्ति प्रकृयाको प्रारम्भमै विद्रोही पक्षको हिंसाको गौरवगान गाएर हिरोइज्म परिचय दिइएको उनको आरोप छ । ‘अहिले पनि राज्य र विद्रोहीवीचको सीमाना छैन, उही राज्यमा छ, उही विद्रोही छ, पहिल्यै शान्ति प्रकृया नटुग्याएर दुई बन्दुक र दुई सेनालाई संवैधानिक मान्यता दिएकोले यस्तो अवस्था आएको हो ।’–उनले भने । शासकीय स्वरुप, हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको विषयमा जनमत संग्रहमा जानुको विकल्प नभएको भन्दै उनले देश अहिले राजनीति सेन्डिकेटमा चलिरहेको र देशमा ब्रम्हलुट मच्चिरहेकोले त्यसको अन्त्यका लागि तत्काल ताजा जनादेशको लागि नयाँ चुनावमा जानुपर्ने बताए । १० बर्षदेखि स्थानीय निकाय जनप्रतिनीधि विहिन भएको र त्यसका लागि तत्काल चुनावमा जानुपर्ने भन्दै उनले स्थानीय निकायको चुनावका लागि फागुन ५ गतेदेखि ११ गतेसम्म राप्रपाले आन्दोलन गर्ने पनि उनले जानकारी दिए । उनका अनुसार, फागुन ९ गते सबै जिविस र नपा तथा फागुन ११ गते सबै गाविसमा तालाबन्दी गर्ने कार्यक्रम राप्रपाले राखेको छ । राप्रपा अध्यक्ष थापाले २०६२÷०६३ यता नेपालमा चरम राजनीतिक भ्रष्टाचार बढेको भन्दै त्यसपछिका सार्वजनिक पदमा आसिन व्यक्तिहरुको सम्पत्ति छानविनका लागि उच्चस्तरीय न्यायिक सम्पत्ति छानवीन आयोग गठन गर्नुपर्ने बताए । जातीयता र संघीयताबारे देशमा अहिले वौद्धिक आतंकवाद रहेको भन्दै उनले जातीय सद्भाव मुख्य कुरा भएको बताए । राष्ट्रियता समेत पछिल्लो समयमा कमजोर रहेको उनको विश्लेषण छ । ‘विस्तारै राष्ट्रियता कमजोर बन्दै गएको छ, विदेशीहरुको हस्तक्षेप बढेको छ , नेताहरुमा विदेशीहरुलाई गुहार्ने प्रवृत्ति बढेको छ ।’–उनले भने । हिन्दूराष्ट्र«, सम्बैधानिक राजसम्स्था र जातीय आधारमा राज्य बिभाजन गर्ने कार्य बारे पूनर्बिचार गर्न सम्बद्ध सबै पक्षसँग आग्रह लगायतका ६ बुँदे प्रस्ताव पारित गर्दै राप्रपाको अञ्चल सम्मेलन सकिएको छ । देशमा बढ्दै गईरहेको महङ्गी, भ्रष्टाचार, लोड्सेडिङ् र बेरोजगारी समस्याप्रति गम्भीर चिन्ता प्रकट गर्दै सम्मेलनले पेट्रोलियम् पदार्थको मूल्य बृद्धि तत्काल फिर्ता लिन तथा लोड्सेडिङ्को समयाबधि घटाउनुका साथै बेरोजगारी समस्या समाधान गर्न अबिलम्ब दीर्घकालिन योजना का¥यान्वयन गर्न तथा यूबाबर्गलाई बेराजगार भत्ता उपलब्ध गराउन माग गरेको छ । त्यसैगरी राष्ट्रियता र प्रजातन्त्र माथि बढ्दै गईरहेको खतरालाई सामना गर्न देशलाई अहिले एउटा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आबश्यकता रहेको हूँदा राष्ट्रियता र प्रजातन्त्रप्रति प्रतिबद्ध ब्यक्ति र समुहलाई बैचारिक आधारमा एकिकृत र सङ्गठित गर्न निरन्तर प्रयत्नशील रहुपर्ने निष्कर्ष पनि सम्मेलनले निकालेको छ ।
|
|
Tuesday, 10 January 2012 15:56 |
|
बनेपा ÷काभ्रे र आसपासका जिल्लाका कृषि, व्यापार, व्यवसाय, पर्यटन, घरेलु तथा लघु उद्यम लगायतका क्षेत्रहरुको विकास तथा प्रवद्र्धन गर्ने उद्धेश्यले फाल्गुनमा काभ्रेमा मध्यमाञ्चल महोत्सव हुने भएको छ । “सम्भावना पहिचान हाम्रो उद्धेश्य, बढाऔँ लगानी बनाऔँ भविष्य ” भन्ने नाराका साथ काभ्रे उद्योग वाणिज्य संघको मुख्य आयोजनामा महोत्सव हुन लागेको हो । जिल्ला विकास समिति काभ्रे, बनेपा, धुलिखेल र पनौती नगरपालिका, जिल्ला कृषि विकास कार्यलय, जिल्ला पशु सेवा कार्यलयको संयुक्त आयोजना हुन लागेको महोत्सवलाई नेपाल उद्योग वाािणज्य महासंघ, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेका छन् । फाल्गुन ५ देखि १४ गते सम्म चल्ने १० दिनको महोत्सवलाई १ लाख ५० हजारले अवलोकन गर्ने र ३ करोड बरावरको कारोवार हुने लक्ष्य राखेको संघका कार्यवाहक अध्यक्ष एवं प्रचारप्रसार समितिका संयोजक प्रकाश मानन्धरले जानकारी दिए । महोत्सवमा कृषि, पशुसेवा, सुचना प्रविधि, खाद्यान, बाल उद्यान, मनोरञ्जन लगायतका १ सय ६० स्टल रहनेछन् । सरकारले यस बर्षलाई लगानी बर्षको रुपमा मनाउने घोषणा समेत गरेकाले लगानी प्रवद्र्धन तथा जिल्लामा लगानी भित्राउन र प्रचारप्रसारमा समेत महोत्सव फलदायी हुने महोत्सव संयोजक कैलाश पलाञ्चोकेले बताए । “जिल्लामा रहेका श्रोत साधनहरुको पहिचान गरी लगानीका सम्भावनाहरुलाई बढाउन र राष्ट्र अर्थतन्त्रमा टेवा पुग्ने हामीले अपेक्षा गरेका छौँ ” उनले भने ।
|
|